ब्रेकिङ्ग खबर

खगेन्द्रको अडिओ प्रकरणमा रास्वपा थाल्यो दोस्रो चरणको अनुसन्धान

खबरशाला संवाददाता खबरशाला संवाददाता • १० घण्टा अगाडि • २० पटक पढिएको

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारको महिला हिंसासम्बन्धी भनिएको अडिओ प्रकरणमा छानबिन समिति गठन गरेको छ।

बिहीबार बसेको केन्द्रीय अनुशासन आयोगको बैठकले आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईको संयोजकत्वमा समिति गठन गरेको हो। समितिले सार्वजनिक अडिओ तथा भिडिओको प्राविधिक जाँच गरी प्रमाण सङ्कलन गर्नेछ।

सुनारले अडिओमा सुनिएको स्वर आफ्नो नभएको र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको दाबी गरेका छन्। पीडित भनिएकी महिलाले पनि अडिओमा आफ्नो स्वर नभएको बताएकी छन्।

आयोगले सम्बन्धित सञ्चारमाध्यमसँग अडिओ तथा भिडिओ मागेर आवश्यक परे विशेषज्ञको रायसमेत लिने जनाएको छ। समितिले प्रतिवेदन बुझाएपछि आयोगले निष्कर्ष निकाल्नेछ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।