काठमाडौ। दसैँलाई लक्षित गरी चीनको तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकाबाट नेपाल भित्र्याइएका ठुलो सङ्ख्याका विद्युतीय सवारीसाधन (ईभी) उपल्लो मुस्ताङमै रोकिएका छन् ।
बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम–कोरला सडक क्षतिग्रस्त भएपछि सडक हिलाम्मे र जोखिमपूर्ण बनेको छ । त्यसका कारण लोमान्थाङ गाउँपालिका–४, नेचुङस्थित मुस्ताङ भन्सार कार्यालय तथा कोरला नाका क्षेत्र र आसपासका स्थानमा गरी साढे सात सयभन्दा बढी ईभी रोकिएका हुन् ।
कोरला नाका तथा भन्सार कार्यालयबाहेक लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङमा ४० वटा, जोमसोमस्थित ट्राफिक कार्यालयमा ३५ वटा, जोमसोम बसपार्कमा १२५ वटा र घाँसामा २५ वटा ईभी रोकिएका छन् ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार भन्सार जाँचपास भइसकेका सवारीसाधनसमेत सडकको अवस्थाका कारण खरिदकर्ताले रोकेर राखेका छन् । उनले भने, “अहिलेकै अवस्थामा ईभी गुडाउन सकिने अवस्था छैन । त्यसैले रोकिएको छ । चीनबाट सवारीसाधन आउने क्रम जारी छ । भन्सारको राजस्वमा पनि ईभीको ठुलो हिस्सा रहेको छ ।”
सदरमुकाम जोमसोमदेखि घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लो–घेकर र लोमान्थाङका विभिन्न क्षेत्र हुँदै समुद्री सतहबाट चार हजार ६५० मिटर उचाइमा रहेको कोरला नाकासम्मको ११९ किलोमिटर सडकखण्डको अवस्था तुलनात्मक रूपमा सामान्य छ । तर, जोमसोम–बेनी खण्डको ७९ किलोमिटरमध्ये करिब २२ किलोमिटर सडक मर्मत गरिएको क्षेत्रमा समेत साना सवारीसाधन हिलोमा फस्ने जोखिम छ । नयाँ सवारीसाधनमा क्षति पुग्न सक्ने भएकाले खरिदकर्ताले गन्तव्यतर्फ लैजान रोकेको कोरला नाका कन्टेनर व्यवस्थापन समितिका उपाध्यक्ष घरचुङ गुरुङले बताए।
पर्वतको कुश्मा नगरपालिका–१, पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सीमामा रहेको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको कुल दूरी करिब २०२ किलोमिटर छ । उक्त सडकखण्डको करिब २२ किलोमिटर क्षेत्रमा ईभी हिलोमा फस्ने जोखिम रहेकाले सडक सहज नहुँदासम्म खरिदकर्ताले सवारीसाधन भन्सार क्षेत्रमा नै रोकेर राखेका छन् ।
लोकप्रिय खबर
दशैँमा मोटरसाइकलमा लामो यात्रा गर्दा के–के कुरामा ध्यान दिने ?
दशैमा किनमेल गर्दै हुनुहुन्छ , यी कुरामा दिनुहोस् ध्यान
सवारी दर्ताका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
जटिल बन्दै मानसिक स्वास्थ्यको : १० मध्ये एक वयस्कमा समस्या
यस्तो छ नेपाल टेलिकमको दशैँ तिहार अफर
बक्स अफिस रेकर्डः गौथलीको अग्रता कायमै






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्