खबरशाला संवाददाता खबरशाला संवाददाता | २० घण्टा अगाडि | १२ पटक पढिएको
Uncategorized

विवादित अडियो सार्वजनिकसँगै खगेन्द्र सुनारलाई रास्वपाले लगायो सार्वजनिक कार्यक्रममा रोक

खबरशाला संवाददाता खबरशाला संवाददाता • २० घण्टा अगाडि • १२ पटक पढिएको


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारको विषयमा तत्काल छानबिन प्रक्रिया सुरु गर्न पार्टी केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ । 

सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उनका विषयमा उठाइएका  प्रश्नहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको रास्वपाले बताएको छ । 

“महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयहरू अत्यन्त गम्भीर र संवेदनशील छन्,” रास्वपाले विज्ञप्ति जारी गर्दै भनेको छ, “विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन सक्दैन ।” 

रास्वपाले  दुव्र्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्मरण गराएको छ । 

“अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई  सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ,” विज्ञप्तिमा उल्लेख छ ।

राज्यका सम्बन्धित निकायहरूबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने पनि रास्वपाले बताएको छ । राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग रहने पनि रास्वपाले प्रस्ट पारेको छ । 
 

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।