काठमाडौ। बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले चार वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौज परिचालन गरी आइतबार दिउँसो १२ बजेसम्म उनीहरूको उद्धार गरेको हो ।

नेपाली सेनाका अनुसार जगतबाट छ जना, न्याक्फेदीबाट नौ जना, यारुबाट नौ जना र पायुथबाट १२ जनाको उद्धार गरिएको छ । यारुबाट उद्धार गरिएकामा एक शिशु र एक विदेशी नागरिकसमेत रहेका छन् ।

उद्धार कार्यमा नेपाली सेनाको एमआई–१७ सहित चार वटा हेलिकोप्टर परिचालन गरिएको थियो । अन्य सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गरी प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

लोकप्रिय खबर
१
२
३
४
५
६
दशैँमा मोटरसाइकलमा लामो यात्रा गर्दा के–के कुरामा ध्यान दिने ?
यस्तो छ नेपाल टेलिकमको दशैँ तिहार अफर
जटिल बन्दै मानसिक स्वास्थ्यको : १० मध्ये एक वयस्कमा समस्या
बक्स अफिस रेकर्डः गौथलीको अग्रता कायमै
सवारी दर्ताका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
पेशागत सफलताका लागि नैतिकताः प्रधानमन्त्री बालेन






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्