ब्रेकिङ्ग खबर

बूढीगण्डकीको बाढीले बगायो सोतीको पुल

खबरशाला संवाददाता खबरशाला संवाददाता • असोज २५, २०८३ • ३२ पटक पढिएको

काठमाडौं ।आईतबार विहान एक्कासी बूढीगण्डकीमा आएको बाढीले सोतीमा रहेको मोटरेबल पुल बगाएको छ ।

आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले उक्त पुल बाढीले बगाएको जानकारी दिए ।

“सोती भन्ने ठाउँमा रहेको मोटरेबल पुल बगाइसकेको अवस्था छ । सोती बजार क्षेत्र डुबानमा छ घरै बगाएको छैन,” उनले खबरशालासँग भने, “माथि जगत बगरतिर घरै बगाइसकेको छ ।”

बिहानैदेखि सुरक्षा सतर्कता अपनाएर हाइ अलर्ट गराइएको उनले बताए । उनले बाढी आरुघाट कटेको जानकारी दिए ।

मानिसहरू आरुघाटमाथि आरुटारमा गएका उनले जानकारी दिए । उनका अनुसार निम्लुङ खोलामा ठूलो पहिरो आएर नदी थुनिने र खोलिने क्रम जारी रहेको जानकारी पाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।