काठमाडौं । नेपालमा तीन दशकदेखि जुत्ता र चप्पल निर्माणमा अग्रणीनामका रूपमा चिनिएको शिखर सुज अब युवा पुस्ताको मन जित्ने तयारीमाजुटेको छ । यसका लागि कम्पनीले युवा लक्षित केही मोडलका जुत्ताहरुसार्वजनिक गरेको छ । युवा लक्षित नयाँ र आकर्षक डिजाइनका उत्पादनबजारमा ल्याएको कम्पनीले आफूलाई युवाहरूको पहिलो रोजाइका रूपमास्थापित गर्ने प्रयत्न पनि सँगसँगै गरिरहेको छ ।
बदलिँदो फेसन र उपभोक्ताको रुचिसँगै जुत्ता बजारमा प्रतिस्पर्धा बढ्दैगएको सन्दर्भमा शिखर सुजले पुरानो पहिचानमा मात्र सीमित नरही नयाँपुस्तालाई आकर्षित गर्ने रणनीति अपनाएको हो । कम्पनीले डिजाइनमानयाँपन ल्याउँदै आरामदायी र टिकाउ जुत्ता उत्पादनमा विशेष ध्यान दिएकोछ ।
“हामी बजारमा बिक्ने मात्र होइन, वर्षौं टिक्ने जुत्ता बनाउने लक्ष्यका साथअघि बढेका छौँ,” शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले भने, “आकर्षक डिजाइनसँगै आरामदायी र बलियो जुत्ता बनाउनु हाम्रो प्राथमिकताहो ।”
युवाहरू जुत्ता किन्दा डिजाइनसँगै आराम र टिकाउपनलाई पनि उत्तिकै महत्त्वदिने भएकाले कम्पनीले तीनवटै पक्षमा सन्तुलन मिलाउने प्रयास गरिरहेकोउनले बताए । केवल देखावटी डिजाइनले मात्र उपभोक्ताको विश्वास जित्ननसकिने भएकाले गुणस्तरमै जोड दिइएको उनको भनाइ छ ।
शिखर सुजले विगतदेखि नै नेपालमा जुत्ता निर्माणमा आफ्नै मौलिकताकायम राख्दै आएको छ । तीन दशकको यात्रामा कम्पनीले नेपाली बजार रउपभोक्ताको आवश्यकता बुझेर उत्पादन गर्दै आएको अध्यक्ष प्रसाईंकोभनाइ छ । उनका अनुसार यही अनुभव नै कम्पनीको सबैभन्दा ठूलो बल हो ।
आगामी दिनमा शिखर सुज थप परिस्कृत स्वरूप र शैलीसहित बजारमादेखिने प्रसाईंले बताए । नयाँ डिजाइन, गुणस्तरमा सुधार र उपभोक्तासँगकोनिकटता बढाउँदै कम्पनीले आफ्नो बजार विस्तार गर्ने योजनामा रहेको छ ।
तीन दशकको अनुभव र नयाँ पुस्ताको रुचिअनुसारको डिजाइनलाई एउटैधागोमा उन्दै शिखर सुज परम्परा र नवीनताको संगम बन्ने प्रयासमा छ ।”हाम्रो लक्ष्य युवाले एकपटक लगाएपछि फेरि पनि शिखर सुजलाई नै रोज्नेबनाउनु हो,” प्रसाईंले भने ।
लोकप्रिय खबर
लोकप्रिय मेयर प्रकाश भण्डारी : कर्णालीबाट केन्द्रीय नेतृत्वको यात्रामा
तीन दशकको अनुभव बोकेको शिखर सुजले युवा लक्षित नयाँ डिजाइन बजारमा ल्यायो
यो वर्ष दशैँ टीकाको साइत बिहान १०:२६ बजे
मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु
कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने
पत्रपत्रिकामा किन राख्नु हुँदैन समोसा, पकौडा लगायतका खानेकुरा






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्