ब्रेकिङ्ग खबर

कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्वारा इन्द्रजात्रा अवलोकन

खबरशाला संवाददाता खबरशाला संवाददाता • ८ घण्टा अगाडि • ४ पटक पढिएको

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । शुक्रबार अपराह्न हनुमानढोका परिसर पुगेर उहाँले रथ दर्जाशन, जात्रा अवलोकन एवम् रथमा फूलमाला चढाउनुभएको हो । हनुमानढोकास्थित गद्दीबैठकमा उपस्थित भएर उहाँले टीका ग्रहण गरेपछि गद्दीबैठकको बार्दलीबाट जात्रा अवलोकन गर्नुभयो । हनुमानढोका परिसरबाट सुरु भएको श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा दर्शन गर्दै कार्यवाहक प्रधानमन्त्री वाग्लेले रथमा फूलपाती र भेटी अर्पण गर्नुभयो । सो क्रममा मन्त्रिपरिषद्का अन्य सदस्यहरूको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।