काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको भोटेकोसी–त्रिशूली विपद्लाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका हुन्।
सम्बोधनका क्रममा उनले नेपालमा आएको विपद्ले ठूलो जनधनको क्षति पुर्याएको बताए। बाढीमा परिवारका सदस्य गुमाएका तथा आफ्ना प्रियजनको खोजीमा रहेका परिवारको पीडा उल्लेख गर्दै उनले केही मिनेटमै पुल, सडक, विद्यालय, घर तथा मानिसहरूको जीविकोपार्जनका साधनहरू बगाएको बताए।
नेपालका हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीलाई कतिपयले ‘हिमालयन सुनामी’ समेत भनेको उल्लेख गर्दै शाहले “भोटेकोसी–त्रिशूली विपद् केवल स्थानीय त्रासदी थिएन, यो विश्वका लागि एउटा चेतावनी थियो” भने।
प्रधानमन्त्री शाहले करिब तीन वर्षअघि सगरमाथाको छायामा संयुक्त राष्ट्रसंघका महासचिवले जलवायु संकटबारे दिएको चेतावनीसमेत स्मरण गरे। वैज्ञानिकहरूले प्रमाणसहित जलवायु परिवर्तनबाट उत्पन्न जोखिमबारे पटक–पटक सचेत गराउँदै आए पनि राजनीतिक नेतृत्वले जोखिममा रहेका समुदायले अपेक्षा गरेअनुसार तीव्र गतिमा ठोस कदम चाल्न नसकेको उनको भनाइ थियो।
जलवायु परिवर्तनले हिमालयको संवेदनशील पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको शाहले बताए। पग्लिँदो पर्माफ्रस्टका कारण हिमाली भूभाग कमजोर हुँदै गएको तथा बरफ र चट्टानका पहिरोको जोखिम बढिरहेको उनले उल्लेख गरे।
उनले हिमालयमा देखिएका यी परिवर्तनलाई नेपालमा मात्र सीमित समस्या नभई विश्वकै साझा चुनौतीका रूपमा लिनुपर्ने बताए।
“के तपाईंहरूले त्यो चेतावनी वास्तवमै सुन्नुभएको छ?” भन्दै प्रधानमन्त्री शाहले जलवायु संकटप्रति विश्व समुदायलाई गम्भीर र सचेत हुन आह्वान गरे।
लोकप्रिय खबर
ग्रीन सेभिङ्समार्फत हरित भविष्य निर्माणमा वेष्ट फाइनान्सको पहल,६०० वटा बिरुवा रोपियो
सिन्धुपाल्चोकको तातोपानी बीओपीमा सुख्खा पहिरोको क्षति, भवन र संरचनामा नोक्सानी
पाकिस्तानको आठ विकेटको जित, टेस्ट शृंखला १–१ को बराबरीमा समाप्त
पाँच महिनाको विदेश बसाइपछि स्वदेश फर्किए देउवा, भने– “समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएँ “
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग ,व्यक्तिगत तर्फको अहिलेसम्मकै ठुलो सहयोग ।
असोज ७ सम्म २ खर्ब २ अर्ब ७२ करोड राजस्व सङ्कलन






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्