काठमाडौं, २८ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पाँच महिना लामो उपचारपछि बिहीबार स्वदेश फर्किएका छन्। सिंगापुरमा उपचारका लागि गएका देउवा बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
स्वदेश फर्किएलगत्तै अपिलपत्र जारी गर्दै देउवाले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले आफू अहिले सेवकका रूपमा जनतामाझ उपस्थित भएको बताएका छन्।
देउवाले भनेका छन्, “आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु—सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन।”
उनले पाँच महिनापछि स्वास्थ्य उपचार सकेर कृतज्ञताले भरिएको हृदय र परिवर्तनका सम्भावनालाई आत्मसात् गर्ने खुला चेतनासहित आफू जनतामाझ फर्किएको उल्लेख गरेका छन्।
लोकप्रिय खबर
१
२
३
४
५
६
ग्रीन सेभिङ्समार्फत हरित भविष्य निर्माणमा वेष्ट फाइनान्सको पहल,६०० वटा बिरुवा रोपियो
असोज ७ सम्म २ खर्ब २ अर्ब ७२ करोड राजस्व सङ्कलन
एशियन गेम्समा अफगानिस्तानमाथि नेपालको पाँच विकेटको शानदार जित
पाकिस्तानको आठ विकेटको जित, टेस्ट शृंखला १–१ को बराबरीमा समाप्त
पाँच महिनाको विदेश बसाइपछि स्वदेश फर्किए देउवा, भने– “समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएँ “
‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’ – प्रधानमन्त्री शाह






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्