काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । शुक्रबार अपराह्न हनुमानढोका परिसर पुगेर उहाँले रथ दर्जाशन, जात्रा अवलोकन एवम् रथमा फूलमाला चढाउनुभएको हो । हनुमानढोकास्थित गद्दीबैठकमा उपस्थित भएर उहाँले टीका ग्रहण गरेपछि गद्दीबैठकको बार्दलीबाट जात्रा अवलोकन गर्नुभयो । हनुमानढोका परिसरबाट सुरु भएको श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा दर्शन गर्दै कार्यवाहक प्रधानमन्त्री वाग्लेले रथमा फूलपाती र भेटी अर्पण गर्नुभयो । सो क्रममा मन्त्रिपरिषद्का अन्य सदस्यहरूको पनि उपस्थिति थियो ।
लोकप्रिय खबर
१
२
३
४
५
६
पत्रपत्रिकामा किन राख्नु हुँदैन समोसा, पकौडा लगायतका खानेकुरा
मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु
कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने
स्थानीय तहको प्रशासनमा फेरिँदै व्यवस्था, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै हुने
गगनको कांग्रेस बदल्ने संकेत
विभिन्न भूभागमा वर्षाको सम्भावना






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्