काठमाडौं । संसदीय सुनुवाइ समितिले १३ देशका लागि प्रस्तावित राजदूतमध्ये १० जनालाई अनुमोदन गरेको छ ।
बुधबार समितिले १० देशका लागि प्रस्तावित राजदूतको नाम सिफारिस गरेको हो ।
जसमा भारतका निम्ति डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका निम्ति चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका निम्ति सरू जोशीलाई राजदूतमा अनुमोदन गरेको हो ।
यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका निम्ति प्राप्ति शेरचन, ओमानका निम्ति डा. पदमाक्षी राणा, दक्षिण कोरियाका निम्ति प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झालाई अनुमोदन गरिएको हो ।
समितिले साउदी अरेबियाका निम्ति प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको छ । जापानका लागि जिज्ञानकुमार थापाको नामबारे भने समितिले निर्णय लिन बाँकी छ ।
लोकप्रिय खबर
दशैँमा मोटरसाइकलमा लामो यात्रा गर्दा के–के कुरामा ध्यान दिने ?
दशैमा किनमेल गर्दै हुनुहुन्छ , यी कुरामा दिनुहोस् ध्यान
सवारी दर्ताका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
यस्तो छ नेपाल टेलिकमको दशैँ तिहार अफर
बक्स अफिस रेकर्डः गौथलीको अग्रता कायमै
जटिल बन्दै मानसिक स्वास्थ्यको : १० मध्ये एक वयस्कमा समस्या






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्