ब्रेकिङ्ग खबर

कांग्रेसको १५ औँ महाधिवेशनमा अहिलेसम्म ३७५४ मत खस्यो

खबरशाला संवाददाता खबरशाला संवाददाता • असोज २३, २०८३ • १२ पटक पढिएको

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे २ बजेसम्म ३ हजार ७५४ मत खसेको छ। मतदान प्रक्रिया जारी रहेको छ।

प्रदेशगत विवरणअनुसार कोशीमा ६१३, मधेशमा ५९०, सुदूरपश्चिम, कर्णाली तथा जनसम्पर्कबाट ७३३, लुम्बिनीमा ५७९, गण्डकीमा ५०७ र बागमतीमा ७३२ मत खसेको छ।

उल्लेखित विवरणअनुसार सबैभन्दा बढी मत सुदूरपश्चिम, कर्णाली तथा जनसम्पर्क समूहबाट खसेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशबाट खसेको छ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।