काठमाडौ । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का सल्लाहकार तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारी र कर्मचारीको विवरण सार्वजनिक गरेको छ।
प्रधानमन्त्री कार्यालयले आफ्नो आधिकारिक वेवसाइटमा प्रधानमन्त्री बालेनको टोलीमा संलग्न २५ जना पदाधिकारी र कर्मचारीको विवरण सार्वजनिक गरेको हो।
प्रधानमन्त्रीको सल्लाहकार समूह तथा विज्ञ टिममा मन्त्री र राज्यमन्त्री सरहका विशिष्ट व्यक्तिहरू पनि समेटिएका छन्।
जसमा कुमार ब्यञ्जनकार अवैतानिक मुख्य राजनीतिक सल्लाहकार रहेका उल्लेख छ। त्यसैगरी बालेनको राजनीतिक सल्लाहकारमा असिम शाह छन्।
यसैगरी, अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्राडा जगदिश प्रसाद अग्रवाल छन्। उनी पनि मन्त्री सरहको पदमा आसिन छन्।
त्यसैगरी नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र छन्। उनीहरूलाई राज्यमन्त्री सरहको सुविधा दिइएको विवरणमा उल्लेख छ।
त्यसैगरी बालेनको प्रमुख स्वकीय सचिव (रा.प. विशिष्ट सरह) सुवाष शर्मा छन्। यस्तै, स्वकीय सचिवमा नविन भण्डारी (रा.प. प्रथम सरह) छन्।
त्यसैगरी सहसचिव (रा.प. प्रथम) सरहका पदहरूमा सञ्जिव पाण्डे (विकास परियोजना), दिपा दाहाल (प्रेस तथा अनुसन्धान विज्ञ), सन्तोष गिरी (कार्यक्रम तथा भ्रमण संयोजक), र विश्व राई (विज्ञ- सामाजिक विकास) रहेका छन्।
उपसचिव (रा.प. द्वितीय) सरहको जिम्मेवारी प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्यलाई दिइएको छ भने सहायक विज्ञका रूपमा सुमन गौतम (नागरिक उड्डयन) र रवि किरण अधिकारी (भाषा तथा मस्यौदा) नियुक्त भएका छन्।
त्यस्तै, शाखा अधिकृत तथा अन्य प्राविधिक तथा प्रशासनिक तह (रा.प. तृतीय र अनंकित) मा सुरेन्द्र बजगाई (प्रेस सहजकर्ता), रोशन तामाङ्ग (ग्राफिक्स डिजाइन), बेदानन्द जोशी, हेम नारायणदास चौधरी (अनुसन्धान अधिकृत), अनुप थापा मगर, ऋषी थापा, अमृत पाण्डे (भिडियोग्राफर), राज कुमार गौतम र बेनिस कार्की कार्यरत छन्।





लोकप्रिय खबर
आशाको गोरेटोमा सरकारका पाईला
पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन !
निजामती सेवा विधेयकमा कुलिङ पिरियड (पूर्ण पाठ)
निजामती सेवा विधेयक सरकारले संसद्मा पेस गर्ने
अर्थतन्त्रमा “स्वर्णिम” कार्यकाल
अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ताः पूर्वाधार विकासमा थप सहकार्य हुने






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्