काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ जाँदै गरेको फ्लाई दुबईको विमान अपहरण गरी दुर्घटना गराउने प्रयास भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । उडानका क्रममा को–पाइलटले क्याप्टेनमाथि चक्कु प्रहार गर्दै विमानको नियन्त्रण लिन खोजेका थिए । विमान तीव्र गतिमा तल झर्न थालेपछि सजग भएका यात्रुहरूले ककपिटभित्रै पसेर आक्रमणकारी को–पाइलटलाई नियन्त्रणमा लिएका हुन् ।
‘टाइम्स अफ इजरायल’का अनुसार, यो घटना बुधबार बिहान करिब ९ बजे भएको हो । विमान केही समयमै करिब १७ हजार फिट तल झरेपछि अपहरणको चेतावनी संकेत पठाइएको थियो ।
विमानले सुरुमा ‘७७००’ आपत्कालीन कोड र त्यसको केही सेकेन्डपछि ‘७५००’ अपहरण संकेत पठाएको थियो । ‘फ्लाइटरडार’का अनुसार, विमान करिब दुई मिनेटमा ३४ हजार फिटबाट १६ हजार ६०० फिटको उचाइमा झरेको थियो ।
घटनालगतै इजरायलले लडाकु विमान परिचालन गरेको थियो । ती लडाकु विमानको निगरानीमा फ्लाई दुबईको उक्त उडानलाई साउदी अरेबियाको ताबुक विमानस्थलतर्फ मोडेर आपत्कालीन अवतरण गराइयो । विमानमा करिब १८० यात्रु सवार थिए, जसमध्ये १५० जना इजरायली नागरिक रहेको बताइएको छ ।
ककपिटमा झगडा र यात्रुद्वारा आक्रमणकारी नियन्त्रणमा
प्रारम्भिक विवरणअनुसार क्याप्टेन र को–पाइलटबीच ककपिटमा झगडा भएपछि आपत्कालीन संकेत पठाइएको थियो । इजरायली सञ्चारमाध्यमका अनुसार, को–पाइलटले विमानलाई जमिनतर्फ मोडेर दुर्घटना गराउने प्रयास गरेका थिए ।
विमान अनियन्त्रित भई तीव्र गतिमा तल झर्न थालेपछि केही यात्रु ककपिटतर्फ दौडिएका थिए । उनीहरूले आक्रमणकारी पाइलटलाई नियन्त्रणमा लिएर ककपिटबाट बाहिर निकाले । घटनामा क्याप्टेन र को–पाइलट दुवै घाइते भएका छन् । उनीहरूलाई साउदीको ताबुकस्थित अस्पतालमा भर्ना गरिएको छ ।
घटनाका प्रत्यक्षदर्शी यात्रु तिजका मानेसका अनुसार, उनीसहित तीनजना इजरायली यात्रु ककपिटमा पुगेका थिए । आक्रमणकारीलाई पूर्ण रूपमा नियन्त्रणमा लिन करिब २० देखि २५ मिनेट लागेको र उनीहरूले तारयुक्त हेडफोन प्रयोग गरी उनलाई बाँधेका थिए ।
विमानमा साधारण पोसाकमा अन्य दुई पाइलट पनि सवार थिए । तीमध्ये एकले विमानको नियन्त्रण सम्हाल्न सहयोग गरेको यात्रुहरूले बताएका छन् ।
अर्की यात्रु मिरियमले ककपिटबाट चिच्याएको आवाज सुनेको र ढोका खुल्दा घाइते पाइलटलाई देखेको बताइन् । उनका अनुसार, पाइलटको हातमा फोल्डिङ चक्कु थियो र ककपिटभरि रगत लतपतिएको देखिन्थ्यो । चक्कु प्रहारबाट घाइते भएका क्याप्टेनलाई विमानमै रहेका एक इजरायली दन्तचिकित्सकले प्राथमिक उपचार गरी ज्यान बचाउन सहयोग गरेका थिए ।
लोकप्रिय खबर
आशाको गोरेटोमा सरकारका पाईला
निजामती सेवा विधेयक सरकारले संसद्मा पेस गर्ने
अर्थतन्त्रमा “स्वर्णिम” कार्यकाल
निजामती सेवा विधेयकमा कुलिङ पिरियड (पूर्ण पाठ)
पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन !
अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ताः पूर्वाधार विकासमा थप सहकार्य हुने






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्