काठमाडौं । डा. धवलशमशेर राणा र दुर्गा प्रसाईंको नेतृत्वमा गठन हुन लागेको जय नेपाल पार्टी आगामी साउन २८ गते निर्वाचन आयोगमा दर्ता हुने तयारीमा छ।
पार्टीको चुनाव चिह्नका लागि ‘त्रिभुज’, ‘घर’ र ‘नमस्कार’ तीन विकल्पमा छलफल भइरहेको छ। नेपाल लोकतान्त्रिक पार्टीसँग एकता भए ‘नमस्कार’ चिह्न प्रयोग गर्ने सम्भावना रहे पनि हाल ‘त्रिभुज’ नै सबैभन्दा बलियो विकल्प मानिएको नेताहरूले बताएका छन्।
पार्टी दर्ताका लागि सयभन्दा बढी केन्द्रीय सदस्य सहितको नामावली तयार पारिँदै छ। विधान निर्माणका लागि माधव कल्पित र दर्ता प्रक्रियाका लागि मुकुन्दश्याम गिरी नेतृत्वको कार्यदल गठन गरिएको छ। पार्टीको केन्द्रीय कार्यालय चाबहिलमा सञ्चालनमा आएको छ।
यसैबीच, पार्टीभित्र महिला र युवा प्रतिनिधित्व पर्याप्त नभएको भन्दै असन्तुष्टि देखिएको छ। महिला नेतृ अञ्जना शाह रावल र राजनीतिक विश्लेषक रञ्जन कार्कीले समावेशी नेतृत्व, युवा सहभागिता र डिजिटलमैत्री संगठन निर्माणमा जोड दिएका छन्।
नयाँ पार्टीमा धवलशमशेर राणा सभापति र दुर्गा प्रसाईं सर्वोच्च नेता रहने तयारी छ।
लोकप्रिय खबर
ग्रीन सेभिङ्समार्फत हरित भविष्य निर्माणमा वेष्ट फाइनान्सको पहल,६०० वटा बिरुवा रोपियो
भारतीय राजदूतसँग प्रधानमन्त्री बालेन्द्र शाहको भेटवार्ता, चिनियाँ राजदूतसँग पनि भेट हुँदै!
फुटबलका महान् खेलाडी लियोनल मेसीका पिता जर्जको निधन, छोराको महान् करियर पछाडिका ‘सारथि’ थिए उनी
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै !
साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
प्रधानमन्त्री शाहको कूटनीतिक सक्रियता बढ्यो, भारतीयपछि चिनियाँ राजदूतसँग पनि भेटवार्ता सम्पन्न






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्