काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत घोषणा गरेको तलब वृद्धि कार्यान्वयन गर्दै साउन १ गतेदेखि लागू हुने गरी नेपाली सेनाको नयाँ तलबमान लागू गरेको छ।
मन्त्रिपरिषद्को साउन ६ गते बसेको बैठकले साउन १ गतेदेखि लागू हुने गरी सरकारी कर्मचारी तथा सुरक्षा निकायका तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको थियो।
सरकारको निर्णयअनुसार नयाँ आधारभूत तलबसँगै एक दिनको तलब बराबरको ग्रेड रकम कायम गरिएको छ। साथै, तलब वृद्धि पश्चात् कायम हुने आधारभूत तलबको १० प्रतिशत रकम मासिक प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइने व्यवस्था गरिएको छ।
यस निर्णयसँगै नेपाली सेनामा पनि संशोधित तलबमान लागू भएको छ। नयाँ तलब संरचनाअनुसार प्रधानसेनापतिको मासिक तलब ९० हजार ५९४ रुपैयाँ पुगेको छ भने सिपाहीको मासिक तलब ३६ हजार ३३८ रुपैयाँ कायम गरिएको छ।

लोकप्रिय खबर
सरकारी कर्मचारी, नेपाली सेना र प्रहरीको नयाँ तलब लागू, कसको तलब कति बढ्यो? (हेर्नुस् सूची)
सरकारी सेवामा समावेशीकरणको आवश्यकता र प्रभावकारिता
लगभग एकवर्षे मुख्यमन्त्री बन्न एमालेको शक्ति संघर्ष उत्कर्षमा
काठमाडौं महानगरपालिकाको टेकुस्थित बन्द रहेको ‘वेस्ट टु इनर्जी’ (फोहोरबाट ऊर्जा उत्पादन) परियोजना पुनः सञ्चालनमा आउने !
नेपाल आर्मीमा प्रधानसेनापतिदेखि सिपाहीसम्म कसको तलब कति बढ्यो?
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत रहँदा उपयुक्त हुन्छ : कानून मन्त्री सोविता गौतम


प्रतिक्रिया दिनुहोस्