काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। यो रकम गत वर्षको असोजको तुलनामा ९६ करोड २० लाख रुपैयाँ र चालु आवको भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँ बढी हो।
प्राधिकरणका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात गरिएको थियो। चालु आवको पहिलो तीन महिनामा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यसैबीच, बाढीका कारण रोकिएको भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात कात्तिक ६ गतेदेखि पुनः सुरु भएको छ। बाढीले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो। भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएपछि निर्यात पुनः सञ्चालनमा आएको हो।
नेपाल र बंगलादेशबीचको पाँचवर्षीय सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् निर्यात हुँदै आएको छ।
त्यस्तै, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएपछि भारततर्फ निर्यात गर्न स्वीकृत कुल विद्युत् क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।
लोकप्रिय खबर
खगेन्द्रको अडिओ प्रकरणमा रास्वपा थाल्यो दोस्रो चरणको अनुसन्धान
एमबाप्पेको दुई गोलसँगै रियल मड्रिडको जित, बार्सिलोनाको लगातार नौ जितको यात्रा समाप्त
असोजमा ५ अर्ब ९२ करोडको विद्युत निर्यात, बंगलादेशतर्फ पनि पुनः सुरु
कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्वारा इन्द्रजात्रा अवलोकन
एनपीएल सिजन–३ आजदेखि सुरु हुँदै, प्रधानमन्त्री बालेन शाहले उद्घाटन गर्ने
बाटो बिग्रदा ७ सय बढी गाडी मुस्ताङमा रोकिए






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्