मुख्य खबर

प्रदेशसभा बैठक भोलि पुनः बस्ने गरी स्थगित

खबरशाला संवाददाता बसन्त विबस आचार्य ४ घण्टा अगाडि २४७ पटक पढिएको

प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच चलेको प्रदेशसभा बैठक स्थगित गरिएको छ । सभामुख पुर्णबहादुर घर्तीले मंगलबार दिउँसो १२ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

सोमबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ राप्ती उपत्यका तोक्ने प्रस्ताव पेस गरेका थिए । 

प्रस्ताव लिएर रोष्टम जान खोज्दा कांग्रेस सांसदहरूले अवरोध गरेपछि मर्यादापालकको सहयोगमा मन्त्री केसी रोष्टमसम्म पुगेका थिए । 

उनको प्रस्तावमा केही सांसदले भाग लिए पनि विपक्षी कांग्रेसका सांसदले उभिएर विरोध जनाए । 

केही बेरपछि कांग्रेस सांसदहरूले नाराबाजी गर्दै कुर्सी फालाफाल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्