न्यायाधीश पत्नीले गरिन् आत्मदाह प्रयास

खबरशाला संवाददाता ।

काठमाडौं । न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन् । सर्वोच्च अदालत पुगेकी उनले केहीबेरअघि त्यहाँ आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

उनले आफैंमाथि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । उनले आफ्नो शरीरमा पेट्रोल खन्याउन लागेपछि प्रहरीले रोकेको थियो । प्रहरीसले उनीसँग रहेको पेट्रोलको बोतल र सलाई खोसेर नियन्त्रणमा लिएको जनाएको छ ।

उनले न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी छन् । यसअघि पक्राउ परेका गिरीलाई अदालतले धरौटीमा रिहा गरेको थियो ।

मेट्रो कलेजको अभियान, विद्यालयमा कानूनी साक्षरता


तुलसीपुर । तुलसीपुर मेट्रो कलेजले तुलसीपुरका विभिन्न विद्यालयहरुमा कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई बाल अधिकार, बालविवाह, महिला हिंसा र साइबर कानूनका बारेमा जानकारी दिनका लागि यस्तो कार्यक्रम सुरुवात गरिएको कलेज प्रमुख वसन्त आचार्यले बताए ।


कलेजमा बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले एकैदिन तुलसीपुर क्षेत्रका १० वटा विद्यालयहरुमा कानूनी साक्षरता सम्बन्धि जानकारी गराएका हुन् । महिला हिँसाको १६ दिवसिय अभियानको अवसर पारेर अभियानको सुरुवात गरिएको कार्यक्रम संयोजक विजय पोख्रेलले जानकारी दिए । उनले यस्तो कार्यक्रमलाई अन्य विद्यालयहरुमा पनि विस्तार गर्दै लगिने बताए । ‘कानूनी ज्ञान सबैका लागि अपरिहार्य भएको हुँदा हामीले सबै तहमा कार्यक्रम सञ्चालनको योजना बनाएका छौ’ संयोजक पोख्रेलले बताए ।


पहिलो चरणमा कलेजले तुलसीपुर क्षेत्रमा महेन्द्र मावि, सरस्वती मावि दमारगाउँ, मावि अश्वारा, आदर्श मावि, पशुपति मावि, अमर मावि,लक्ष्मीपुर मावि, जनजागृति मावि रनियापुर, बालमितेरी मावि भोजपुर र गुरुजजुर मावि रक्षाचौरमा यस्तो कार्यक्रम सञ्चालन गरेको कलेजले जानकारी दिएको छ ।

विद्यालयमा उद्यमशिलता सिकाउँदै मेट्रो कलेज

तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थी सन्दिप मल्लले मावि तुलसीपुर सेन्टरका विद्यार्थीहरुलाई उद्यमशिलता सिकाउँदै थिए । उनले आफुहरुले पढ्दै कमाउँदै गर्न कसरी सम्भव भयो भन्ने बारेमा सफलताको कथा समेत सुनाउँदा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले निकै उत्सुकतापूर्वक सुनिरहेका थिए । विद्यालय तहमै विद्यार्थीहरुलाई उद्यमशिलता सिकाउनका लागि कलेजले विद्यालय शिक्षा अभियान सञ्चालन गरेको कलेज प्रमुख वसन्त आचार्यले बताए ।
‘पछिल्लो समय देश छाड्ने विद्यार्थीहरु बढ्दै गएका छन् त्यसलाई रोक्नका लागि पनि सानैदेखि उद्यमशिल बनाउनुपर्ने हुन्छ’ उनले भने । कलेजले पहिलो चरणमा ६ वटा सामुदायिक विद्यालयमा वातावरण संरक्षण, उद्यमशिलता र पढ्दै कमाउँदै अभियानका बारेमा जानकारी प्रदान गर्नेछ ।
यसैबिच अभियानको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले विद्यार्थीमा माटो छुने र त्यसलाई माया गर्ने भावनाको विकास हुनुपर्ने कुरामा जोड दिए । ‘हामीले हाम्रो सम्भावना चिन्न नसकेर दुख पाएका छौ, सानैदेखि श्रम गर्ने बानीले हामीलाई उद्यमशिल वनाउनका लागि सहयोग गर्दछ’ नगरप्रमुख खड्काले भने । उनले विद्यार्थीहरुले आफ्नो पढाइ खर्च आफैले जुटाउनुपर्नेमा समेत जोड दिए ।
कार्यक्रममा वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वर्षात भण्डारी, शिक्षा महाशाखा प्रमुख चक्र भण्डारी, मावि सेन्टरका प्रधानाध्यापक भागवत पौडेल, स्थानीय युवा परिषद्का कार्यकारिणी उपाध्यक्ष रविन्द्र डाँगी लगायतले मन्तव्य राखेका थिए ।
ग्रिन फाउन्डेशनका सचिव सुरेश रावतको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सन्दिप मल्लले गरेका थिए । कार्यक्रमको अभिमुखीकरण मेट्रो कलेजका प्रशिक्षक सचिन सुवेदी र ग्रिन फाउन्डेशन नेपालकी कार्यक्रम संयोजक सृजना शर्माले गरेका थिए ।

दुना टपरी बनाउने तालिम दंगीशरणमा सुरु

दिपक डाँगी,तुलसीपुर। दुना टपरी बनाउने तालिम आजबाट दंगीशरण गाउँपालिका वडा नं १ छर्कट्टा दाङ मा सुरु भएको छ। ग्रीन फाउन्डेसन नेपाल र समृद्ध समाज दंगीशरण गाउँपालिका कार्यालय दाङ को आयोजनामा भएको कार्यक्रममा २० जना महिलाहरुको उपस्थिति रहेको छ। यो तालिम ५ दिन सम्मा सञ्चालन हुने छ।

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले स्थानीय स्तरमा खेर गएका बस्तुलाइ पसदुपयोग हुनुका साथै आय आर्जन गर्ने उदेश्यका साथ आफ्नो पालिकामा यो तालिम ल्याएकोमा आभार ब्यक्त गर्नुभएको छ । उहाले तालिम जुन उदेश्यले दिइन्छ त्यो उदेश्य पूरा नभए त्यस्ले सार्थकता नपाउने भएकाले सबै सहभागीहरुलाइ ध्यानपुर्बक तालिम लिन र सबैखाले साहयो आफुले गर्ने बताउनुभयो । तालिमलाइ तन मन दिएर पूरा गरि व्यवहारिक जिबनम लागू गरेर अगाडि बढ्न सबैलाइ गिरीले आग्रह गर्नुभयो। ]

त्यस्तै कार्यक्रम मा बोल्दै दंगीशरण गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रमेश भण्डारीले समय सान्दर्भिक तालिम तथा कार्यक्रम आफ्नो वडामा संचालन गरेको मा खुशी ब्यक्त गर्दै खेर गइरहेका सालका पातहरुबाट दुना टपरी उत्पादन गरेर आयआर्जनको बाटोमा लाग्न सकिने उहाले बताउनुभएको छ ।

ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका सचिव सुरेश रावतले स्थानीयस्तर मा पाइने मालु र सालको पात बाट दुना टपरी उत्पादन गरेर बजार सम्म पुर्याउने ज्ञारेन्टिका साथ यो तालिमको आयोजना गरिएको बताउनुभयो । यस पालिकामा खेर गएका स्रोत साधनबाट बस्तु निर्माण गर्नको लागि समुह बनाउका साथै मेशिन अनि बितरण गरिने रावतले बताउनुभएको छ।

ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका कार्यक्रम संयोजक दिपक परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक शान्ति चौधरी हुन्छ भने कार्यक्रम सञ्चालन राज कुमारी चौधरी ले गर्नु भएको थियो।

कालिमाटीमा दुना टपरी बनाउने तालिम सम्पन्न

दिपक डाँगी,दाङ। सल्यानको कालिमाटि गाउँपालिकामा दुना टपरी बनाउने तालिम आज एक कार्यक्रमका बीच सम्पन भएको छ । ग्रीन फाउन्डेसन नेपालको आयोजन र कालिमाटी गाउँपालिकाको समन्वयमा सञ्चालन भएको तालिम मा महिला र पुरुष गरी १३ जना सहभागी भएका थिए।

कार्यक्रममा प्रमुख अथिति रहनु भएका कालिमाटी गाउँपालिका का अध्यक्ष दान बहादुर खत्रीले कुनै पनि कुरा सिकिन्छ र सिकेपछी त्यस सिपलाइ ब्यबहारिक जिबनमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । हातमा सीप नभएकै कारण पछि परेकाले दुना टपरी बनाउने तालिम लिएको र यस सिपलाइ प्रयोग गरेर आर्थिक संकलन गर्न सकिने उहाले बताउनुभयो । दुना टपरी बनाउन चाहिने मेशिन लगाएतका समान उपलब्ध गराउनुका साथै उत्पादन भएका सामानलाइ बजार सम्म लैजान गाउपालिकाले सहयोग गर्ने खत्रीले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका सचिव सुरेश रावतले दुना टपरी उत्पादन गर्ने मात्रै नभएर बजारसम्म बिक्रीबितरण गर्न सहयोग गर्ने बताउनुभयो । व्यावसायिक रुपमा उत्पादन गर्न चाहानेका लागि ब्यब्सायिक प्लान सम्बन्धि कुरा सिकाइने उहाले बताउनुभयो । बजारमा पाइने प्लास्टिक तथा फाइबरका दुना टपरिलाइ बिस्थापित गरि गाउघरमै पाइने सालको पातको दुना टपरी बनाएर आत्मनिर्भर हुन सबैलाई रावतले आग्रह गरुभयो .

कार्यक्रममा स्वागत मन्तव्य राख्दै ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका कार्यक्रम संयोजक दिपक परियारले तालिमको बारेमा केही कुरा बोल्नु भएको थियो।

स्थानिय वन महासंघका सचिव शसिराम वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक खुसीराम चौधरी हुनुहुन्छ भने कार्यक्रमको सञ्चालन तुलसीपुर नगरस्तरीय युवा सञ्जालको अध्यक्ष गणेश भण्डारी ले गर्नुभएको थियो।

कपुरकोटमा सिस्नो पाउडर बनाउने तालिम सुरु

दीपक डाँगी /तुलसीपुर ६

कर्णाली प्रदेश सल्यान कपुरकोटगाउँपालिका का कृषकलाई सिस्नोको पाउडर बनाउने तालिम बुधबार बाट शुरु भएको छ । ग्रीन फाउन्डेसन नेपालको आयोजनामा पाँच दिन सम्म सञ्चालन हुने तालिम ५ जान महिला र १० जान पुरुषको गरी जम्मा १५ जना सहभागी भएका छन्। तालिमको उदेश्य स्थानीय वनजंगल तथा घरआँगनमा खेर गइरहेको सिस्नोलाई संकलन गरी पाउडर धूलोको रूपमा उत्पादन गरी उद्यमशीलता को विकास गर्नु रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका कपुरकोट गाउपालीकाको उपा-अध्यक्ष प्रकाश भण्डारीले ग्रीन फाउन्डेसन नेपाल लाई धन्यवाद दिँदै कपुरकोट गाउँपालिकालाई वन पैदावार कृषि क्षेत्रबाट उद्यमशिलताको विकास तिर लैजानुपर्छ । उद्यमशिलता विकासका लागि कपुरकोट गाउँपालिका पहिलो दिन देखि नै अनुसन्धानको थालनी गरिरहेको बताउनु भयो। गाउँपालिकाको तर्फ बाट बन् जंगल,कृषि,जडीबुटीमा आधारित उद्यमशिलता विकासका निमित्त धेरै अध्ययन भएको र अब आफ्नै ठाउँमा भएका जुनसुकै कच्चा पदार्थ लाई प्रयोग गरी विभिन्न खालका उद्योग सञ्चालन गरेर स्थानीयलाई उद्यमी बनाउने पनि बताउनुभयो।

कार्यक्रममा अथिति रहनु भएका कपुरकोट गाउँपालिका वडा नं ४ का अध्यक्ष मित्रलाल कठायत ले तालीम समय भर ध्यान दिएर तालिम लिन तालिम सम्पन्न भए लगत्तै एउटा समूह गठन गरेर समूहलाई उत्कृष्ट बनाउने र कपुरकोटको नाम थुप्रै देशमा चिनाउनु पर्छ भन्नु भयो।त्यस्तै FECOFUN कर्णाली प्रदेशका अध्यक्ष घनश्याम शर्माले आफ्नै ठाउँमा भएको सिस्नो माग काठमाडौं,पोखरा लगायतका देशका विभिन्न सहरमा औषधि को रूपमा प्रयाग गर्दै आएको बताउँदै यसको उत्पादन धेरै गर्नु पर्छ भन्नु भयो।

ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका कोषाअध्यक्ष खुम प्रसाद भण्डारी कार्यक्रममा स्वागत मन्तब्य राख्दै तालिमको बारेमा विभिन्न कुराहरु प्रस्ट भएको थियो।

ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका अध्यक्ष विष्णु केसी को अध्यक्षमा भएको कार्यक्रममा प्रशिक्षक लोकराज पन्त हुनुहुन्छ भने कार्यक्रम को सञ्चालन ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका कर्मचारी सि.एम विश्वकर्माले गर्नुभएको थियो।

दंगीशरणका महिलाहरूले सिक्दै ढकिया बनाउने तालिम

तुलसीपुर । परम्परागत सीप हस्तान्तरणका लागि ढकीया बनाउने तालिम सुरु भएको छ । ग्रिन फाउन्डेसन नेपालको आयोजनामा दंगीशरण २ काैवाघारिमा तालिम सुरु भएको हाे । एक साता सम्म सञ्चालन हुने तालिममा  १४  जना महिलाकाे सहभागीता रहेको छ ।

तालिम उद्घाटन कार्यक्रममा ग्रिन फाउन्डेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले हस्तनिर्मित वस्तुहरुको जगेर्ना गर्दै थारु महिलाहरुलाई ब्यावसायिक बनाउने उद्देश्यले तालिम आयोजना  गरिएको बताउनु भएको थियो । यस्ता तालिमले परम्परागत सिपकाे विकास हुने र आत्मनिर्भर बन्न सहज हुने पाण्डेले बताउनुभयो ।

कार्यक्रममा   उद्यम विकास अधिकृत प्रेम सुबेदिले महिलाहरु आफ्नो क्षमताबृद्धि गर्न र अरु काम सँगसँगै उद्यमी बन्न उत्तिकै अग्रसर हुन जरुरी रहेको बताउनुभएको थियो । आदिबासी जनजाती थारु महिलाहरुलाई लोपहुदै गएको सुपली, नुईया, ढकीया, डेलवा, भौकाको सीप हस्तान्तरण गर्दै परम्परागत सामाग्रीको संरक्षणका लागि ढकीया बुनाई तालिम सुरु भएको ग्रिन फाउन्डेसन नेपाल दाङ शाखाका सचिव सुरेश कुमार रावतले  जानकारी दिनुभएकाे छ ।

प्रचण्ड-माधवलाई गोकुलको कटाक्ष- अर्काको खेतमा मलजल गरेर आफ्नो भकारी भरिन्न

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाले नेपालका वामपन्थी पार्टीहरूमा वामएकताको स्वर हराउन थालेको टिप्पणी गरेका छन् ।

कतारमा जारी विश्वकपमा स्पेन पराजित भएको प्रसंगलाई जोड्दै नेपालका वामपन्थीहरूकै जनमतको कारणले कांग्रेस ठूलो पार्टी भएको पार्टी बनेको बताए ।

उनले फेसबुकमा लेखेका छन्, ‘कुनै समय फुटबलमा रोचक मानिएको स्पेनको टिकीटाका स्टायल हराए जस्तै नेपालका वामपन्थी पार्टीहरूमा वाम एकताका स्वर पनि हराउन थाल्या छन् । कही जनमत र केही हर्कतबाट कांग्रेस ठूलो भै सक्यो ।’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गरेर अर्काको खेतमा मलजल गरेर आफ्नो भकारी नभरिने बताएका छन् ।

प्रचण्ड-माधवलाई कटाक्ष गर्दै उनले भनेका छन्, ‘अर्काको खेतमा मलजल र गोडमेल गर्ने अनि आफ्नो भकारी भरिएन भनेर गुनासो गर्ने गनगने प्रवृत्ति काम छैन ।’

सत्तागठबन्धनको आडमा निर्वाचनमा होमिएको माओवादी १८ सीटमा सीमित भएको छ भने नेकपा एसले प्रत्यक्षमा १० सीट जितेपनि थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न असफल भएको छ ।

सोचेभन्दा धेरै मत ल्याएर चुनाव जित्छु : घनश्याम जित्छु


एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे, दाङ्ग क्षेत्र नम्बर ३ क बाट प्रदेश सभा सदस्यका उम्मेदवार हुन् । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखका रुपमा काम गरेका पाण्डे विजयी मनोविज्ञानका साथमा निर्वाचनमा होमिएका छन् । विगतमा गरेका महत्वपूर्ण कामले गर्दा जनताले यसपटक पनि भारी मतान्तरले विजयी बनाउने उनको अपेक्षा छ । यसै विषयमा हामीले पाण्डेसँग केही चुनावी संवाद गरेका छौ ।

निर्वाचनको संघारमा हुनुहुन्छ, जनताले के भन्दैछन् ?


यो मेरो लागि दलका तर्फबाट लडेको तेस्रो निर्वाचन हो । सामाजिक संघसंस्थाका विभिन्न निर्वाचन पनि म दर्जनौको संख्यामा लडिसकेको छु । मेरो लागि निर्वाचन जहिले पनि सिकाईको विषय हो । मैले हरेक निर्वाचनमा केही न केही नयाँ कुरा सिकिरहेको हुन्छु । यसपटक पनि जनताको घरघरमा जाँदा मेरो लागि धेरै कुरा सिकाईको विषय भएको छ ।


हिजोका दिनमा तुलसीपुर उपमहानगरपालिकाको मेयरको निर्वाचन लड्दै गर्दा मैले भुईतहमा जनताका जुनजुन समस्या देखे पछि त्यसलाई सम्बोधन गर्दै गए । जनता के चाहन्छन् ? हामीले गर्नुपर्ने कुरा के हो ? यावत कुराहरु जनताको घरघरमा जाँदा थाहा हुँदो रहेछ ।
जनतासँग खासै धेरै अपेक्षाहरु छैनन् । बाटो, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभुत कुराहरु नै हुन् । यो पटक धेरै जनताहरुले रोजगारीको कुरा गर्नुभएको छ । जुन अहिले नेपालको मुख्य समस्याको रुपमा रहेको छ । हामीले यस विषयमा घोषणा पत्रमा पनि धेरै कुरा लेखिसकेका छौ । त्यसलाई नै मुलमन्त्र मानेर हामीले पाँच वर्षसम्म काम गर्नेछौ ।


नेताले भनेको कुरा जनताले पत्याउने छाडेको त होईन ?


तपाईले यो निकै महत्वपूर्ण कुरा गर्नुभयो । हो, जनताले नेताका कुरा पत्याउन छाडेका छन् । तर जसले हिजो जनतालाई सपना देखाएर काम गर्यो तर मन्त्री हुँदा पनि सिक्ने भाँच्न सकेन त्यस्तका कुराहरुलाई जनताले पत्याउन छाडेका छन् । मैले हिजो नगरप्रमुख हुँदा जे गर्छु भनेर वाचा गरेको थिए, प्रतिवद्धता जनाएको थिए । ५ वर्षको विचमा मैले सबै बाँचाहरु पुरा गरेको छुँ । जनताले जे पनि हुन्छ भन्ने हुन्छ बहादुर होईन काम बहादुरको पहिचान बनाएको हुँदा जनताले मैले भनेका कुरा र एजेण्डाहरुलाई गम्भिर ढँगले लिएका छन् ।

विपक्षीहरुसँगका चुनौतिहरु के के हुन् ?


अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने विपक्षी उम्मेदवारहरु निकै संकटपूर्ण अवस्थामा हुनुहुन्छ । एकातिर गठबन्धन गरे जसरी जनतामा उत्साह छैन भने अर्कातिर मसँग प्रतिष्पर्धा गर्नुहुने उम्मेदवारले हुन्छबहादुरको मात्रै छवि बनाउनु भएकाकारण जनताको विश्वास गुमाइसक्नुभएको छ । आजका मतदात सचेत छन् , उनीहरु के राम्रो, के नराम्रो राम्रोसँग छुट्याउन सक्छन् । मैले मेरो कार्यकालमा गरेका कामहरुलाई उहाँहरुले गर्नुभएको गफसँग तुलना नै गर्न सकिन्न । गठबन्धनको आडमा निर्वाचन जित्ने उहाँहरुको सपना यसपटक चकनाचुर हुनेछ ।


तपाईले जित्ने आधार के हो ?


मैले जित्ने आधार भनेको जनताप्रति मैले देखाएको इमान्दारिता नै हो । कोरोना महामारी जस्तो कठिन अवस्थामा पनि मैले आफ्नो ज्यानको माया मारेर जनताको ज्यान जोगाउँन पछि परिन । उपचार चाहिने जनतालाई उपचार गरे, भोकै रहेका जनतालाई खाद्यान्न दिएर सहयोग गरे । यसरी मैले विभिन्न ढंगले निरन्तर काम गरिरहे । हिजोका दिनमा तुलसीपुरलाई खोज्न मुस्किल पथ्र्यो तर आजका दिनमा देशमा मात्रै होईन विदेशमा पनि हामीले हाम्रो छवि फैलाएका छौ ।

जनताका साना साना आवश्यकता मात्रै होइन केही महत्वपूर्ण योजनाहरु सम्पन्न गरेका छौ ।
तपाईले पाँच वर्ष अगाडीको तुलसीपुर र अहिलेको तुलसीपुरका बीच तुलना गर्नुभयो भने धेरै अन्तर पाउन सक्नुहुन्छ । यसका साथै एमालेले राष्ट्रियतादेखि विकासका लागि गरेको काम नै हामीले जित्ने आधार हो ।

आजको दिनमा यो देशलाई जोगाउँने, जनतालाई राज्य हुनुको अनुभुति दिलाउने यदि कुनै पाटी छ भने त्यो केवल नेकपा एमाले मात्रै हो भन्ने कुरालाई जनताले सही ढँगले बुझेका छन् । यसकारण नेकपा एमाले यो देशको पहिलो पाटी बन्छ र यसका उम्मेदवारहरुले निर्वाचनमा विजयी हासिल गर्छन् ।

तपाईले उठाउनुभएका मुख्य मुद्दाहरु के के हुन् ?


मलाई नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीकारुपमा प्रस्तावित गरेको छ । त्यसकारणले समग्र लुम्बिनी प्रदेशकै एजेण्डाहरुलाई मैले उठाएको छुँ । एक वर्षभित्र प्रदेशको राजधानी दाङ्गमा सार्ने मेरो मुख्य मुद्दा हो । यसका साथै तुलसीपुरलाई मैले जुन ढँगले व्यवस्थित बनाए त्यही रुपमा यस प्रदेशलाई पनि मैले व्यवस्थित बनाउदै लैजाने छुँ ।

यसका साथै यस प्रदेशको सामाजिक, आर्थिक,पूर्वाधार, वातावरण र सुशासन लगायतका कुराहरु मेरो प्राथमिकताका कुराहरु हुन् । यसका साथै तुलसीपुर विमानस्थलमा २ वर्षभित्र ठूला जहाज चल्न सक्ने गरी काम अगाडी बढाउने छु । तुलसीपुर उपमहानगरपालिकाको नगरप्रमुखका रुपमा मैले केही ठूला आकारका योजनाहरु अगाडी बढाएको छुँ । ती सबै योजनाहरुलाई पुरा गर्ने मेरो प्रतिवद्धता रहेको छ ।