मुख्य खबर

प्रदेश-५ का तीन मेसुमा कोरोना संक्रमण

खबरशाला संवाददाता बसन्त विबस आचार्य ४ घण्टा अगाडि ७८८ पटक पढिएको

बुटवल–प्रदेश ५ का तीन अस्पतालका मेडिकल सुपरिटेन्डेन्टमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापा र गुल्मी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा उत्तम पच्या संक्रमित भएका हुन्।

भेरी अस्पताल नेपालगञ्जका डा थापा मंगलबार संक्रमण पुष्टि भएको हो भने खनाल र पच्या बिहीबार संक्रमण पुष्टि भएको हो।

उनीहरु सबैजना सुरक्षित हिसाबले होम आइसोलेशनमा बसिरहेको जनाएका छन्।

खनाल र थापाले ज्वरो आएपछि पीसीआर परीक्षण गराएका थिए भने पच्याले गुल्मीमा शुरु भएको प्रयोगशालामा परीक्षण गराएका थिए।

सोही क्रममा पोजेटिभ रिपोर्ट आएको उनले बताए। खनाल, थापा र पच्यालाई प्रदेश ५ सरकारले संविधान दिवसको अवसरमा पदकबाट विभुषित गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्