ब्रेकिङ्ग खबर

सिन्धुपाल्चोक केन्द्रविन्दु भई ६ म्याग्निच्यूडको भूकम्प

खबरशाला संवाददाता बसन्त विबस आचार्य ४ घण्टा अगाडि १७२ पटक पढिएको

काठमाडौँ – सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई बुधबार बिहानै ६ म्याग्निच्यूडको भूकम्प गएको छ।

बिहान पाँच बजेर १९ मिनेटमा उक्त भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन्।

भूकम्पको धक्का कडा रुपमा महसुस भएपछि मानिसहरु घर बाहिर निस्केका छन्।

भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन।

अन्य नजिकका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको मानिसहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

भूकम्पको धक्का महसुस गर्नेबित्तिकै काठमाडौँ उपत्यकाका सबै क्षेत्रबाट स्थानीयहरुले भूकम्पको धक्का महसुस गरेको उल्लेख गर्दै ट्विटहरु गरेका छन्।

प्रतिक्रिया दिनुहोस्