ब्रेकिङ्ग खबर

लकडाउनले छेकेन दामोदर मार्गलाई , जनप्रतिनिधिले गरे अनुगमन

KhabarShala बसन्त विबस आचार्य ४ घण्टा अगाडि ८६९ पटक पढिएको


तुलसीपुर, २५ भदौ । लकडाउनको समय बजार सुनसान छ, तर गाउँमा भने विकासको काम अगाडी वढिरहेको छ । निर्माणाधिन दामोदर मार्गको काम लकडाउनको विचमा पनि निरन्तर सञ्चालन भइरहेको छ । विभिन्न भागमा विभाजन गरेर सडकको काम भइरहेको अनुगमनमा क्रममा देखिएको छ । सडक निर्माणको काम नगर प्रमुखदेखि प्रदेश सांसदसम्मले अनुगमन गरेका छन् । निर्माणाधिन सडकको अवस्थाको बारेमा जानकारी लिन अनुगमन गरिएको हो ।

दामोदर सडकखण्ड अन्र्तगत ग्वारखोलाको गरगरुवादेखि सुकौरासम्मको सडक कालोपत्र गर्नका लागि प्ररिम्भक चरणको काम सुरु भएको छ । अहिले सडकको नाला निर्माण, कटीङ, फिलिङ, होमपाइप क्रसीङ र साइड क्लियर गर्ने काम भईरहेको निर्माण कम्पनीका आधिकारीका प्रतिनिधी सुदिप कुवँरले जानकारी दिए । उनले काम तिव्रताका साथमा अगाडी वढेको वताउँदै समयमै सम्पन्न गरिने वताए ।

साढे पाँच किलोमिटर सडक कालोपत्रे गर्नका लागि १० करोड ८१ बजेट विनियोजन गरिएको छ । अनुगमनमा प्रदेश सांसदद्वय बिमला वली, शंकर गिरी, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, उपप्रमुख माया आचार्य, भौतिक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख वासुदेव भण्डारी, तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष श्याम डाँगी, ११ का चित्रबहादर वली, १० का कुमार लामीछाने लगाएतको सहभागिता रहेको थियो ।
पश्चिम दाङ्गको गौरबका रुपमा निर्माण हुन थालेको सडक विस्तारले विकासमा फड्को मार्न लागेको जनप्रतिनिधिहरुले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्