
तुलसीपुर । कोभिडका कारण देशको अर्थतन्त्र कठिन अवस्थामा पुगेको भन्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जनप्रतिनिधिको ५० प्रतिशत सेवा सुविधा कोभिडमा लगाउन अनुरोध गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिले १ महिनाको शतप्रतिशत सेवा सुविधा कोभिडमा लगाएको वताउँदै उनले थप सहयोग गर्न तयार रहेको वताए ।
‘कोरोनाले आर्थिक र स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव कम गर्नका लागि जनप्रतिनिधिको ५० प्रतिशत, स्वास्थ्य र सुरक्षाकर्मी बाहेकका कर्मचारीको तलव २५ प्रतिशत कटौती गरौ’ नगरप्रमुख पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् ।
तलब कटौती गरेको रकम अस्पताल निर्माण, मल कारखाना स्थापना र कृषि तथा खाद्यान्न उत्पादन, रोजगारी सिर्जनामा लगाउन समेत सुझाव दिइका छन् ।


प्रतिक्रिया दिनुहोस्