समाचार

कपुरकोट बजार एकसातासम्म सिल

KhabarShala बसन्त विबस आचार्य ४ घण्टा अगाडि ५७९ पटक पढिएको


तुलसीपुर । पहाडी जिल्लाबाट दाङ्ग प्रवेशको मुख्य नाकाका रुपमा रहेको कपुरकोट वजार कोरोना संक्रमणलाई मध्यनजर गरेर एकसातासम्म सिल गरिने भएको छ ।

पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै बजार सिल गर्न लागिएको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमवहादुर सेनले विज्ञप्ती मार्फत जानकारी गराएका छन् । ‘भदौ १८ गते राती १० वजेदेखि २५ गतेसम्मका लागि कपुरकोट वजार पूर्ण रुपमा सिल गरिएको छ ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।


वजार सिल गरिएसँगै कपुरकोटमा लाग्दै आएको तरकारी बजार समेत सञ्चालन नहुने भएको छ । कपुरकोट वजार तरकारीका लागि नेपालमै प्रख्यात मानिन्छ । किसानले मिलाएर आफै सम्वन्धित ठाउँमा तरकारी लैजान सकिने व्यवस्था गरिएको पनि विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्