नयाँ गीत आउँदा क्यासेट भर्ने लाईन हुन्थ्यो

नन्दनी राेका  |  असोज ०३, २०७७

व्यवसाय सुरु गरेको कति भयो ?


मैले यो व्यवसाय २०५८ सालदेखि सुरु गरेको हुँ । ठ्याक्कै अहिले सम्म १८ वर्ष भयो । मलाई गीत संगीतमा सानैदेखि रुचि भएकाले र कलेज र स्कुल समयमा कुनै पनि कार्यक्रममा गाउँनमा सबैभन्दा अगाडि नै हुन्थे । मलाई चौबिस घण्टा नै गीत संगीतमै रमाउन मन लागिरहने भएकाले मैले यो व्यवसाय रोजेको र मैले रोजेको यस व्यवसायबाट मैले व्यवसाय त गर्न पाए नै गीत संगीतको बाटो पनि रोज्न पाए ।


क्यासेटमा गीत भर्दा कति समय लाग्थ्यो त्यो बेलामा ?


सबैभन्दा पहिले मैले क्यासेटको विषयमा जानकारी दिन चाहे । पहिले कस्तो हुन्थ्यो भने एउटा क्यासेटमा धागो टाईपको रिल हुन्थ्यो । त्यसलाई घुमाएर एउटा ठूलो धागोको डल्लो जस्तो बेरेर क्यासेट बनेको हुन्थ्यो । एउटा क्यासेटको साइज भनेको ८ देखि १० ओटा गीत भर्ने हुन्थ्यो ।

साना साना ५ मिनेटसम्मका गीत भर्दाखेरि वा अलि ठूला खालका लोकगीत र दोहोरी लगायत जस्ता गीत भर्दा एक साइडमा दोहरी गीत र दुईटामा लोकगीत गरेर बजारमा आउथ्यो । एउटा क्यासेटमा गीत भर्दा डब गर्नुभन्दा रेकर्ड गर्दा खेरी जस्तै एउटा गीत ५ मिनेटको छ भने आधा समय लाग्थ्यो । त्यतिबेला गीत भर्न निकै गाह्रो थियो । एक घण्टाको गीत क्यासेटमा भर्दा खेरि आधाघण्टा सम्म लाग्थ्यो । नयाँ गीत आउँदा पसलमा लाईन हुन्थ्यो ।


कतिको व्यवसाय हुन्थ्यो ?


सुरुमा त्यतिबेला नेपाली गीतहरु प्राय क्यासेटबाट नै हुन्थ्यो । तर तर पुराना पुराना हिन्दी गीतहरुको कलेक्सनमा ग्राहकहरु आउँथे । सुरुमा त व्यवसाय एकदमै राम्रो हुन्थ्यो तर बिस्तारै समय परिवर्तन हुदै गयो सी.डी. आयो त्यो बाट पनि नहुने भयो त्यसपछि मेमोरी चिप्सको जमाना आयो । झन अहिले इन्टरनेटको युग छ जसले गर्दा मानिसहरुले अहिले कुनै पनि भिडियो आफ्नै मोबाईलमा सजिलै हेर्न सकिने अवस्था छ । जसले गर्दा त्यतिबेला भने राम्रो व्यापार हुन्थ्यो । जे होस कोठा भाँडा तिरेर खान बस्न पुग्थ्यो । अडियो गीत गरौं भने पनि दिनमा १ हजार देखि १५ सयसम्म आम्दानी हुने गरेको थियो ।
क्यासेटहरुको बिक्री कति हुन्थ्यो ?


त्यतिबेला क्यासेटहरुको बिक्री ठिकै हुन्थ्यो । पहिले मानिसहरुले क्यासेट किनेर नै बजाउने गर्थे । त्यो बेला क्यासेट तुरुन्तै बिग्रने भएकाले पनि बढि बिक्री हुन्थ्यो तर अहिले मानिसले एउटा गीत मोबाईलमा हाल्ने हो भने त्यो गति उसले आफनो पुरै जीवन भरी राख्छु भने पनि राख्न सकिने अवस्था छ । समग्रमा भन्नुपर्दा त्यति बेला क्यासेटको युग भएकाले पनि क्यासेटको राम्रो बिक्री हुने गरेको थियो ।


क्यासेटहरु कसरी र कहाँबाट आउँथे ?

त्यतिबेला क्यासेटहरु धौलागिरी क्यासेट सेन्टर,सगरमाथा क्यासेट सेन्टर र म्यूजिक नेपाल जस्ता क्यासेट कम्पनीहरुबाट ल्याउने गरिन्थ्यो । त्यसैगरी खाली क्यासेटहरुमा हिन्दी गीतहरु डब गर्नका लागि रुपैडियाबाट क्यासेटहरु ल्याउने गरिन्थ्यो । त्यसैगरी भारतबाट ल्याउदा खेरी आफुलाई मनपर्ने वस्तुहरुको बिल बनाएर एकै चोटी ८ देखि १० हजारको बिल बनाएर ल्याउने गरिन्थ्यो भने यता नेपालबाट आउने क्यासेटहरु क्यासेट कम्पनीहरुले जति पनि पठाउने व्यवस्था थियो ।


अहिले गीत कसरी सार्नुहुन्छ ?

अहिले गीत सार्ने सम्बन्धमा पहिलेको भन्दा एकदमै फरक छ । आज भन्दा ४÷५ वर्ष अघि हेर्ने हो भने इन्टरनेटको युगको विकास राम्ररी हुन सकेको थिएन । त्यतिबेला मानिसहरु गीत कपी गर्न आउँथे र गीत कपी हुन्थे तर अहिलेको समयमा घर घरमा वाईफाई र फोरजीको सुविधा रहेको छ । जसले गर्दा मानिसहरुले पलभरमै गीत हेर्न सक्छ । अब मान्छे आफै नै गीत संगीतसंग जोडिएको छ । जसले गर्दा अहिले गीत कपी गर्ने र बेच्ने काम शुन्यमा झरेको अवस्था छ ।


अहिले कतिको मानिसहरु आउनु हुन्छ ?

अहिले भन्ने हो भने पहिले जस्तो मानिसहरु आउने गरेका छैनन् । तर कहिलेकाही एक दुई जना आउने गरेका छन् । किनभने अहिले सजिलो छ । अहिले एउटा मानिसले घरमै बसेर वा बेडमा सुतेर आफुलाई मन पर्ने गीत सुन्न सकिने अवस्था छ । भाग्यले कतै गाँउघर तिर जसलाई इन्टरनेटको राम्रो जानकारी छैन अथवा जसले गर्न सक्दैन हो त्यस्तालाई भने गीत कपी गर्ने काम गरेका छौ तर अहिले त्यो अवस्था पनि लगभग हराइसकेको अवस्था छ । त्यहि भएर अहिले धेरै मानिसहरु आउदैनन् ।


तपाई आफै गायक भएकाले पहिले र अहिलेको अवस्थामा कतिको फरक छ ?


पहिले क्यासेटको जमाना थियो र त क्यासेटहरु बिक्री हुन्थे । क्यासेटहरु कति परिमाणमा बिक्री भयो त्यसको हिसाबमा पैसा आउँथ्यो । त्यसपछि सी.आर.बी.टी. र बेक टोन लिन्थे । त्यसबाट पनि ३ देदि ४ रुपैया आउथ्यो त्यो पनि राम्रो थियो र धेरै मानिसहरुले ब्याक टोन हाल्थे । त्यतिबेला राम्रो थियो अहिले पनि राम्रो नै छ तर अहिले थयगतगदभ खष्भध भन्छन् । हामीहरु थयगतगदभ खष्भध बाट जाने हो त्यसमा १ लाखले हेरे भने पछि १० हजार हुने हो । त्यसमा पनि धेरै मानिसहरुले हेरे भने मात्र धेरै पैसा पाइने हो । अहिलेको अवस्थामा निकै गाह्रो छ । जेनतेन गरेर आफ्नो पकेट खर्च बचाउन सकिने अवस्था छ र यसलाई नै अहिले बाँच्ने आधार भन्न सकिन्छ ।


हिजो गीत मात्र हुन्थ्यो तर आज भिडियो पनि हुने भएकाले लगानी कस्तो छ ?


हिजो गीत मात्र हुन्थ्यो मानिसहरुले सी.आर.बी.टी. मात्र सुन्थे त्यो गीतमा एउटा फोटो हालेर टिभीमा देखाइ दिए पुग्थ्यो तर अहिले के भयो भने थयगतगदभ मा बुस्ट गर्ने र विज्ञापन गर्ने सबैले लिने भए । पहिले अडियोमा मात्रै लगानी हुन्थ्यो भने अहिले भिडियोमा पनि लगानी गरिन्छ । सस्तो खालको भिडियो गरौं भने ३० देखि ३५ हजार सम्म लगानी लाग्छ । महंगो खालको भिडियो गर्दा खेरी डेढ लाख देखि पाँच लाखसम्म लगानी लाग्ने गर्दछ । अहिलेको समयमा अडियो मात्र भएर हुदैन भिडियो पनि चाहिन्छ । भिडियो बनाउँदा खेरी खर्च पक्कै पनि बढि लाग्ने गर्दछ । अडियो गराए पछि भिडियो पनि गराउनु पर्ने हुन्छ किनभने भिडियो नहुँदा सम्म कसैले पनि हेर्दैनन् ।

प्रतिक्रिया दिनुहोस