गायक समिर आचार्यकी माकुरी

माघ ०७, २०७७


हतार हतारमाबाट श्रोता दर्शक बटुलिरहेका गायक समिर आचार्य माकुरीमार्फत फेरी एकपटक संगीतको वजारमा आएका छन् । पटक पटक युट्युबको करोड क्लबमा समेत परेका आचार्यको यो गीतमा रोशनी थापाले साथ दिएकी छिन् । चर्चित र्यापर मिस्टर आरजेको र्याप पनि गीतमा समावेश गरिएकोले युवा पुस्ताले रुचाउने गीत वनेको छ ।


गीतमा अहिलेका चर्चित कलाकारहरुको अभिनय समेत रहेको छ । युट्युबमा निकै चर्चामा रहेका जिवेश गुरुङ्ग,एलिस राई, हास्यकलाकार हरिश निरौला,मोडल उषा उप्रेती र जुम्ल्याहा समारिका र स्मारिका ढकालको भिडियोमा जोडदार अभिनय र नृत्य रहेको छ । गीतको भ्युज आशालाग्दो तरिकाले वढिरहेको भन्दै गायक आचार्यले नेपाली संगीतमा नयाँ र उत्कृष्ट काम गरेको वताए ।

प्रतिक्रिया दिनुहोस