ब्रेकिङ्ग खबर

टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी

KhabarShala खबरशाला संवाददाता • २ घण्टा अगाडि • ३ पटक पढिएको

कार्तिक ५, काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत टीकाको दोस्रो दिन आज एकादशीको दिन पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाएर आशीर्वाद लिने क्रम जारी छ।

विजयादशमीका दिन आफ्नै घरपरिवारमा टीका–जमरा लगाएपछि दोस्रो दिनदेखि टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आशीर्वाद लिने परम्परा छ। मान्यजन टाढा रहेका व्यक्तिहरूले आजदेखि कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने र आशीर्वाद ग्रहण गर्ने गर्दछन्।

नेपालका केही स्थानमा विजयादशमीका दिन मात्र टीका लगाउने चलन रहे पनि अधिकांश स्थानमा भने दसैँको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नवदुर्गा भवानीको प्रसादस्वरूप लगाइने दसैँको टीका र जमरा कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।