काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले विवादित इनम सापकोटासँग भेटघाट तथा कुराकानी भएको स्वीकार गरेका छन्।
नयाँ पत्रिकामा यसबारे समाचार प्रकाशित भएपछि फुयालले निकट पत्रकारहरूसँग सापकोटाले प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानसेनापति, प्रहरी प्रमुख र विदेशी प्रतिनिधिहरूको नाम लिएर कुरा गर्ने गरेको बताएका हुन्। सापकोटाले महाभियोगको सम्भावनाबारे चर्चा गर्दै प्रधानन्यायाधीशलाई सहयोग गर्नुपर्ने आशय व्यक्त गर्ने गरेको पनि उनले बताए।
तर, सापकोटाले विचाराधीन मुद्दामा दबाब दिन थालेपछि आफूहरूले प्रहरीमा उजुरी गरेको फुयालको दाबी छ। होटल हिमालयमा भएको अन्तिम भेटमा पनि सापकोटाले न्यायाधीशहरूमाथि दबाब सिर्जना गर्ने खालका कुरा गरेको उनले बताएका छन्।
लोकप्रिय खबर






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्