बुद्धिजिवी परिषद्को जिल्ला अधिवेशन फागुन २८ मा

फागुन १४, २०७८


घोराही । बुद्धिजिवी परिषद् दाङ्गको सातौ जिल्ला अधिवेशन फागुन २८ गते घोराहीमा हुने भएको छ । शनिवार घोराहीमा बसेको परिषद्को बैठकले विभिन्न कार्यक्रमको आयोजना गरेर जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।


परिषद्का केन्द्रीय सदस्य श्यामकुुमार आचार्यको प्रमख आतिथ्यतामा बसेको बैठकले स्थानीय निर्वाचनको सन्दर्भ पारेर अन्तक्र्रिया कार्यक्रम समेत गर्ने भएको छ । परिषद्को बैठकले अधिवेशन तयारीका लागि जिल्लाका ३ क्षेत्रमा कार्यक्रम समेत गर्ने भएको छ ।

तयारी कार्यक्रमका लागि क्षेत्र नम्बर १ मा विकास गौतम, क्षेत्र नम्बर २ मा चन्द्रबहादुर थापा र क्षेत्र नम्बर ३ मा वसन्त आचार्यलाई जिम्मेवारी समेत प्रदान गरिएको छ ।


बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले जिल्लाभरका बुद्धिजिवीहरुलाई एकिकृत गरेर संगठनलाई मजवुत बनाउनुपर्ने कुरामा जोड दिएका थिए । अध्यक्ष पहल बहादुर डाँगीको अध्यक्षतामा भएको बैठकमा सल्लाहकार नारायणप्रसाद अधिकारी, सानुनारायण अधिकारी, नेमकुमार न्यौपाने र इश्वर पोख्रेलले वामपन्थी विचारको मन्थन गर्ने थलोका रुपमा परिषद्लाई विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस