कालिमाटीमा दुना टपरी बनाउने तालिम सम्पन्न

पुष १६, २०७

दिपक डाँगी,दाङ। सल्यानको कालिमाटि गाउँपालिकामा दुना टपरी बनाउने तालिम आज एक कार्यक्रमका बीच सम्पन भएको छ । ग्रीन फाउन्डेसन नेपालको आयोजन र कालिमाटी गाउँपालिकाको समन्वयमा सञ्चालन भएको तालिम मा महिला र पुरुष गरी १३ जना सहभागी भएका थिए।

कार्यक्रममा प्रमुख अथिति रहनु भएका कालिमाटी गाउँपालिका का अध्यक्ष दान बहादुर खत्रीले कुनै पनि कुरा सिकिन्छ र सिकेपछी त्यस सिपलाइ ब्यबहारिक जिबनमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । हातमा सीप नभएकै कारण पछि परेकाले दुना टपरी बनाउने तालिम लिएको र यस सिपलाइ प्रयोग गरेर आर्थिक संकलन गर्न सकिने उहाले बताउनुभयो । दुना टपरी बनाउन चाहिने मेशिन लगाएतका समान उपलब्ध गराउनुका साथै उत्पादन भएका सामानलाइ बजार सम्म लैजान गाउपालिकाले सहयोग गर्ने खत्रीले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका सचिव सुरेश रावतले दुना टपरी उत्पादन गर्ने मात्रै नभएर बजारसम्म बिक्रीबितरण गर्न सहयोग गर्ने बताउनुभयो । व्यावसायिक रुपमा उत्पादन गर्न चाहानेका लागि ब्यब्सायिक प्लान सम्बन्धि कुरा सिकाइने उहाले बताउनुभयो । बजारमा पाइने प्लास्टिक तथा फाइबरका दुना टपरिलाइ बिस्थापित गरि गाउघरमै पाइने सालको पातको दुना टपरी बनाएर आत्मनिर्भर हुन सबैलाई रावतले आग्रह गरुभयो .

कार्यक्रममा स्वागत मन्तव्य राख्दै ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका कार्यक्रम संयोजक दिपक परियारले तालिमको बारेमा केही कुरा बोल्नु भएको थियो।

स्थानिय वन महासंघका सचिव शसिराम वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक खुसीराम चौधरी हुनुहुन्छ भने कार्यक्रमको सञ्चालन तुलसीपुर नगरस्तरीय युवा सञ्जालको अध्यक्ष गणेश भण्डारी ले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस