विद्यालयमा उद्यमशिलता सिकाउँदै मेट्रो कलेज

माघ १३, २०७

तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थी सन्दिप मल्लले मावि तुलसीपुर सेन्टरका विद्यार्थीहरुलाई उद्यमशिलता सिकाउँदै थिए । उनले आफुहरुले पढ्दै कमाउँदै गर्न कसरी सम्भव भयो भन्ने बारेमा सफलताको कथा समेत सुनाउँदा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले निकै उत्सुकतापूर्वक सुनिरहेका थिए । विद्यालय तहमै विद्यार्थीहरुलाई उद्यमशिलता सिकाउनका लागि कलेजले विद्यालय शिक्षा अभियान सञ्चालन गरेको कलेज प्रमुख वसन्त आचार्यले बताए ।
‘पछिल्लो समय देश छाड्ने विद्यार्थीहरु बढ्दै गएका छन् त्यसलाई रोक्नका लागि पनि सानैदेखि उद्यमशिल बनाउनुपर्ने हुन्छ’ उनले भने । कलेजले पहिलो चरणमा ६ वटा सामुदायिक विद्यालयमा वातावरण संरक्षण, उद्यमशिलता र पढ्दै कमाउँदै अभियानका बारेमा जानकारी प्रदान गर्नेछ ।
यसैबिच अभियानको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले विद्यार्थीमा माटो छुने र त्यसलाई माया गर्ने भावनाको विकास हुनुपर्ने कुरामा जोड दिए । ‘हामीले हाम्रो सम्भावना चिन्न नसकेर दुख पाएका छौ, सानैदेखि श्रम गर्ने बानीले हामीलाई उद्यमशिल वनाउनका लागि सहयोग गर्दछ’ नगरप्रमुख खड्काले भने । उनले विद्यार्थीहरुले आफ्नो पढाइ खर्च आफैले जुटाउनुपर्नेमा समेत जोड दिए ।
कार्यक्रममा वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वर्षात भण्डारी, शिक्षा महाशाखा प्रमुख चक्र भण्डारी, मावि सेन्टरका प्रधानाध्यापक भागवत पौडेल, स्थानीय युवा परिषद्का कार्यकारिणी उपाध्यक्ष रविन्द्र डाँगी लगायतले मन्तव्य राखेका थिए ।
ग्रिन फाउन्डेशनका सचिव सुरेश रावतको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सन्दिप मल्लले गरेका थिए । कार्यक्रमको अभिमुखीकरण मेट्रो कलेजका प्रशिक्षक सचिन सुवेदी र ग्रिन फाउन्डेशन नेपालकी कार्यक्रम संयोजक सृजना शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस