तुलसीपुरको आइसोलेसनबाट २६ जना निको भएर फर्के

खबरशाला संवाददाता  |  जेठ ०६, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले कोरोना संक्रमितलाई मध्यनजर गरेर निर्माण गरेको कोरोना विषेश अस्पतालबाट संक्रमितहरु निको हुँदै फर्कन थालेका छन् ।

५० बेडको आइसोलेसन भवनमा विभिन्न संघसंस्थाको सहयोगमा अत्याधुनिक उपकरण र सामग्रीहरु राखिएको छ । अस्पताल सञ्चालन भएको एकसातामा २२ जना संक्रमितहरु निको भएर फर्किएको कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।


अस्पतालमा अहिले ५० जना संक्रमितहरु भर्ना गरेर उपचार गर्न सकिने भएपनि २० जनाको उपचार भइरहेको पनि उनले जानकारी दिए । अस्पतालबाट अहिलेसम्म ७४ जनाले सेवा लिइसकेका छन् ।

कोरोना संक्रमितहरुलाई लक्षित गरेर अस्पताल वनाउने तुलसीपुर यहाँको पहिलो स्थानीय तह हो । अस्पतालमा अहिले विभिन्न संघसंस्थाको सहयोगमा १४ वटा अक्सिजन कन्स्ट्रेक्टर रहेका छन् । अक्सिजनको अभाव हुन नदिनका लागि अस्पतालले अभियान समेत सञ्चालन गरेको छ ।


कोरोना संक्रमितहरुलाई कुनै पनि खालको अभाव हुन नदिनका लागि उपमहानगरपालिकाले सबै व्यवस्थापन गरेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस