दाङ्गमा जेठ १५ सम्म लकडाउन थपियो
तुलसीपुर । कोरोना संक्रमणको जोखिम थप संवेदनशिल भएको भन्दै दाङ्गमा जेठ १५ गतेसम्म लकडाउन थपिएको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमित र मृत्यु हुनेको संख्या पछिल्लो समय उकालो लाग्दै जान थालेपछि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
दाङ्गमा बैशाख १७ गतेदेखि लकडाउन आव्ह्वान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस