मेयर पाण्डेको नयाँ वर्षमा उद्घोष, ‘सबै प्रतिबद्धता पुरा गर्न लाग्नेछौ’

खबरशाला संवाददाता  |  बैशाख ०१, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

‘नयाँ वर्ष २०७८ साल आगमनको यस महत्वपूर्ण उपलक्ष्यमा सम्पूर्ण नगरबासीका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा लेखिएको छ ।


चुनावी प्रतिवद्धताहरु पुरा गर्नका लागि यो अन्तिम वर्ष भएको भन्दै अधिकांश प्रतिवद्धता पुरा भएको र बाँकी प्रतिवद्धताहरु यो वर्ष पुरा हुने समेत उनले वताएका छन् । ‘यो नयाँ वर्षले हामीलाई बाँकी प्रतिवद्धताहरु पुरा गर्ने उत्प्रेरणा दिनेछ’ उनले उल्लेख गरेका छन् ।

कोरोना महामारी नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै उनले सबैलाई सजगता अपनाउनका लागि अनुरोध समेत गरेका छन् ।


, ‘महामारीको कठिन घडीमा उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नगरवासीहरुलाई पुनः एकपटक एकजुट भई अगाडि बढ्न नयाँ वर्षले सबैमा उर्जा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।’ शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस