काँग्रेस निकट प्रजातान्त्रिक प्यानलका अन्तिम उम्मेदवारहरु

माघ २, २०७७

तस्वीर शरद रेग्मी

तुलसीपुर, माघ २८ । नेपाली कांग्रेस निकट व्यवसायी प्यानलका उमेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । कांग्रेसको उमेदवार छनौट समितिले टेकप्रसाद बस्नेत ‘हिमाल’ अध्यक्ष रहेको १७ सदस्यीय उमेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

छनौट समितिले बुधबार जारी गरेको अन्तिम विज्ञप्तीमा उद्योग उपाध्यक्षमा ललितजंग शाह, वाणिज्य उपाध्यक्षमा गोकणप्र्रसाद गिरी, खुल्ला उपाध्यक्षमा तुलसीराम न्यौपाने, महासचिवमा बिनिल केसीको नाम समाबेश गरिएको छ ।

उक्त बिज्ञप्तिमा उमेदवार छनौट समितिका संयोजक केशब आचार्य, सदस्यहरु जगतबहादुर खड्का र सुरेन्द्र खड्काले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।जसमा कोषाध्यक्षको उमेदवारमा डिलबहादुर वली, सचिवमा खुशलराम शर्मा, सहकोषाध्यक्षमा कमल गौतम प्रजातान्त्रिक प्यानलका आधिकारिक उम्मेदवार रहेको उल्लेख गरिएको छ ।

त्यसैगरी प्रजातान्त्रिक प्यानल तर्फ सदस्यका उमेदवारमा जनकबहादुर रावत, झुपलाल खड्का, बालकृष्ण डाँगी (कृष्ण),पवन केसी, लिलामनी चौधरी रहेका छन ।

महिला सदस्यमा निलम बस्नेत र बिब्बीवेगम कबडिया, संस्थागत सदस्यमा प्रमोद सोनी र एशोसियट सदस्यमा सन्दिपन रिजाल रहेका छन । जसमध्ये सोनी र रिजाल यसअघि नै निर्बिरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस