नेपाल टेलिकमका शर्टकोड, थाहा पाइराख्नुहोस्
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपालमा सबै प्रकारका दूरसञ्चार सेवा सञ्चालन गर्ने एक मात्र कम्पनी हो । कम्पनीले ल्याण्डलाइन फोन, मोबाइल (जीएसएम तथा सीडीएमए), एडीएसएल, एफटीटीएच इन्टरनेट, आईपीटिभी लगायतका विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
यस्तोमा कम्पनीले आफ्ना ग्राहकको सहजताका लागि विभिन्न शर्टकोडहरु प्रयोगमा ल्याएको छ । सबै प्रयोगकर्तालाई थाहा नहुनसक्ने देखेर हामीले टेलिकमका विभिन्न शर्टकोड र तिनको काम यहाँ उल्लेख गरेका छौं ।
ग्राहक सेवासँग सम्बन्धित शर्ट कोड
- १९१ः सीडीएमए इन्क्वेरी
- १९२ः गुनासो सुन्ने
- १९७ः इन्क्वेरी
- १९८ः पीएसटीएन, एडीएसएल, भीस्याट टेलिफोन र एफटीटीएचको गुनासो सुन्ने
- १४१२ः एनटी रिचार्ज कार्डबाट रिचार्ज गर्ने
- १४१३ः पीएसटीएन एडीएसएल एनटीसी मोबाइलरनमस्ते रिचार्ज गर्न
- १४१५ः एडीएसएल बिल सोधपुछ एसएमएस शर्टकोड, नमस्ते प्रिपेड हराएको दाबी तथा रद्द गर्न । डेटा इन्क्वेरी तथा सब्सक्रिप्सन । सीडीएमए प्रिपेडबाट डायल गरी ब्यालेन्स थाहा पाउन, थप्न र हराएको दाबी गर्न वा हटाउन । जीएसएम, सीडीएमए डेटा प्याकेज सब्सक्रिप्सन गर्ने, एफएनएफ रजिस्टर गर्ने ।
- १४१६ः वाईफाई हटस्पट सब्सक्राइब गर्न ।
- १४२४ः सस्तो एवं गुणस्तरीय अन्तर्राष्ट्रि«य बाह्य कल गर्न ।
- १४२५/१४४५ः अन्तर्राष्ट्रिय बाह्यगमन बजेट कल गर्न ।
- १४२८ः एनटी प्रो सेवा सुचारु गर्न ।
- १४५५ः सीआरबीटी सम्बन्धी विविध कार्यको लागि ।
- १४९८ः मोबाइल कम्प्लेन ।
- १६००ः एसएलसी रिजल्ट इन्क्वेरी (एसएमएस तथा आईभीआर)
- ∗१६००#: सिममा एसईई अफर प्राप्त गर्न ।
- ∗४००३#: जीएसएम मोबाइल ब्यालेन्स थाहा पाउन ।
- ∗४१२#: विभिन्न सेवाहरुमा रिचार्ज गर्न ।
- ∗४४४३#: जीएसएम सिम तथा फोरजी सिम एक्टिभ गर्न ।
- ∗१४१४#: नयाँ सिम पहिलो पटक एक्टिभ गर्न ।
- ∗१४१५#: कम्पनीले प्रदान गरेका विभिन्न सेवाहरु खरिद गर्न ।
- ∗१४१९३#: कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक सर्वेक्षणमासहभागी हुन ∗१४४१३ ई–शिक्षा प्याक खरिद गर्न
प्रतिक्रिया दिनुहोस