केपी ओली नेतृत्वको पाटी नै आधिकारीक : केन्द्रीय सदस्य पाण्डे

खबरशाला संवाददाता  |  पुष २५, २०७७

तुलसीपुर । नेकपा ओली समुहले तुलसीपुरका विभिन्न १६ वटा वडामा वडा कमिटी गठन गरेको छ । उपमहानगरपालिका भित्रका सबै वडाका कमिटी गठनको तयारी गरेको नगर कमिटीले ३ वटा वडामा अर्को दिन गठन गर्ने नगर सचिव माधव वलीले जानकारी दिए ।

विभिन्न वडामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य घनश्याम पाण्डेले केही नेताको खराव रवैयाका कारण पाटीमा समस्या आएको वताए ।


उनले अहिले पनि पाटी एकढुक्का भएको वताउँदै केही खराब सोच भएका मान्छेहरु पाटीबाट बाहिर जाँदैमा कार्यकर्ताहरु निराश हुनुपर्ने अवस्था नआएको वताए । ‘पाटी हिजो पनि बलियो थियो, आज पनि बलियो छ र भोलि पनि बलियो हुनेछ ’ केन्द्रीय सदस्य पाण्डेले भने ।


प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी नेता भएको वताउँदै भारतले कसैसँग नझुक्ने प्रधानमन्त्री ओलीको राष्ट्रभक्ती छविका कारण सरकार ढाल्ने प्रयास गरेको उनले दाबी गरे । ‘सरकारका बारेमा भ्रम फैलाउने काम पाटी भित्रैबाट भएको छ बाहिर जनता सन्तुष्ट छन्’ उनले भने । प्रचण्डले कहिल्यैपनि देशको हितमा काम गर्न नचाहेको उनको भनाई थियो ।


तोकिएको समयमा निर्वाचन हुने कुरामा कुनै दुईमत नभएको वताउँदै उनले सबै कार्यकर्तालाई तयारी रहन अनुरोध गरे । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख समेत रहेका पाण्डेले जनताको विश्वास जित्नेगरी स्थानीय सरकारले काम गरेको वताए ।


विभिन्न वडामा भएका कार्यक्रमहरुलाई पाटीका नेताहरुले सम्बोधन गरेका थिए । सबै वडामा गरिएको कार्यक्रममा कार्यकर्ताको बाक्लो सहभागिता रहेको पनि सचिव वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस