अमेरिका र इटालीमा कोभिड–१९ः दुवै देशमा १८ हजार भन्दा धेरैको मृत्यु

चैत २, २०७६

खबरशाला संवाददाता 

तुलसीपुर । विज्ञले अमेरिकामा कोरोना भाइरसको महामारीले स्थिर रुप लिएको र अब केही दिनमा ओरालो लाग्ने बताए पनि मृत्यु हुनेको संख्या लगातार बढ्ने क्रम भने रोकिएको छ ।

अमेरिकामा शुक्रबार एकै दिन दुई हजार भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा दुई हजार ४३ जनाको मृत्यु भएको जनाइएको छ । सबैभन्दा धेरै न्यूयोर्कमा ७७७ तथा न्यू जर्सीमा २३२ र मिसिगनमा २०५ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १८ हजार ७२५ पुगेको छ। यस्तै संक्रमितको कुल संख्या अमेरिकामा पाँच लाख दुई हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म २७ हजार ३१४ जना निको भएर घर फर्किएका छन् ।

विश्वभर अहिलेसम्म एक लाख दुई हजार ६८८ जनाको कोभिड–१९ बाट ज्यान गएको छ । यस्तै संक्रमितको संख्या १६ लाख ९७ हजार ५९६ पुगेको छ । अहिलेसम्म विश्वभर तीन लाख ७६ हजार १०९ जनामा कोरोना भाइरसको संक्रमण निको भएको छ ।

मृत्यु हुनेको संख्यामा अहिलेसम्म इटाली पहिलो नम्बरमा छ । तर अमेरिकामा इटालीमा भन्दा धेरैको मृत्यु हुने अनुमान गरिएको छ ।

अहिलेसम्म इटालीमा कोभिड–१९ बाट १८ हजार ८४९ तथा स्पेनमा १६ हजार ८१ जनाको मृत्यु भएको छ।

यस्तै फ्रान्समा १३ हजार १९७, बेलायतमा ८ हजार ९५८, इरानमा चार हजार २३२, जर्मनीमा दुई हजार ७६७, नेदरल्याण्डमा दुई हजार ५११, टर्कीमा एक हजार ६, स्वीट्जरल्याण्डमा एक हजार दुई तथा ब्राजिलमा एक हजार ६८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस