शंकर पाेख्रेलकाे नजरमा यी हुन् प्रतिनिधि सभा विघटनका कारण

खबरशाला संवाददाता  |  पुष २२, २०७७

प्रतिनिधि सभा विघटनकाे अवस्था कसरी आयाे भनेर मुख्यमन्त्री श‌कर पाेख्रेलले केही बुँदामा उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा यसरी लेखेका छन् ।

झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता कसरी गुमायो ?

१.सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्नाले,सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापती र सांसदहरुको असहयोग रहनाले,

२.विधेयकका सन्दर्भमा संसदीय समितिले गरेको निर्णयमा विभागिय मन्त्रीले नै असहमती राख्ने विडम्वनापूर्ण अवस्था सिर्जना हुनुले,

३.सत्तापक्षका प्रतिनिधिसभाका सदस्यहरु दलिय अनुशासन भन्दा वाहिर गएर प्रतिनिधिसभामा प्रस्तुत हुनाले,

४.पार्टी र संसदीय दलको निर्णय वेगर विशेष अधिवेशनको मागगर्दै राष्ट्रपति कार्यालयमा औपचारिक रुपमा समावेदन दर्तागर्न जानुले,

५.पार्टी र दलमा औपचारिक प्रस्ताव समेत नराखी प्रधानमन्त्रीका विरुद्धमा संसदिय पद्धति र परम्परा विपरित अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन गर्नाले,

६.पार्टी एकता भएको लामो समयसम्म पनि पूर्व समुहका संसदीय दललाइ एकिकृत गर्न तयार नहुनाले

७.पार्टी भित्रको अन्तरद्वन्द्व र प्रथम अध्यक्षका विरुद्धको गंभीर षडयन्त्रका साथै प्रतिनिधिसभामा सत्तापक्षको यो हविगत पनि प्रतिनिधिसभा विघटनको आधार तथा कारण वन्न पुुग्यो ।

८.प्रतिनिधिसभा विघटनका लागि प्रधानमन्त्रीलाई औला देखाउनुहुने माननीयज्यूहरुले औला देखाउनुपूर्व यस बीचमा आफुहरुले खेलेको यस प्रकारको भूमिकाका वारेमा पनि आत्मसमिक्षा गर्ने कि ?

प्रतिक्रिया दिनुहोस