प्रतिनिधि सभा विघटन पछि नगरप्रमुख पाण्डेको प्रतिक्रिया- नेतृत्वको साझा कमजोरी

पुष ०६, २०७७


तुलसीपुर । प्रतिनिधि सभा विघटनको स्थितिसम्म आइपुग्नुमा नेतृत्वको साझा कमजोरी रहेको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया दिदै उनले आग्रह, पुर्वाग्रह, हठ र एकता विपरितका कार्यले अस्थिरता सिर्जना भएको भन्दै यसको मुख्य दोषी पार्टी नेतृत्व भएको उल्लेख गरेका छन् ।

‘ त्यसैले पार्टी नेतृत्वले आत्मालोचना गरि सबै गल्ती कमजोरी सच्चाउदा राम्रो हुन्छ ’ उनले लेखेका छन् ।
नेतृत्वले गल्ति स्वीकार गर्न नसके समयमै विश्राम लिएर वैकल्पिक वा नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण को बाटो खुल्ला गर्नुपर्ने उनको आशय छ ।

प्रतिक्रिया दिनुहोस