दाङमा मास्क खोई अभियान सन्चालन

खबरशाला संवाददाता  |  मङि्सर ०५, २०७७


दाङको मुख्य बजार क्षेत्रमा कर्मचारीले मास्क खोई ? अभियान संचालन गरेका छन् । दाङको लमही, घोराही, तुलसीपुर क्षेत्रका कर्मचारीले बजारको मुख्य क्षेत्रमा पुगी व्यापारी, सर्बसाधरणलाई अनिवार्य मास्क लगाउन आग्रह गर्दै मास्क खोई अभियान संचालन गरिएको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले जानकारी दिए ।


अभियानमा लमही क्षेत्रका मालपोत, नापी कार्यालय, इलाका प्रशासन, अस्पताल, नगरपालिका लगायतका क्षेत्रमा कार्यरत कार्यचारीको सहभागिता रहेको थयो । जिल्ला प्रशासन कार्यालयकायको आयोजना र स्थानीय पालिकाको संयोजनमा अभियान संचालन गरिएको हो । लमहीमा पनि कर्मचारीले तपाइको मास्क खोई भन्दै मुख्य बजारको अनुगमन गरेका छन् ।


कर्मचारीले मास्क लगाउन आग्रह गर्दै सवारी साधनमा अनिवार्य स्वास्थ्य मापदण्ड पालन गर्न र मास्क लगाउन आग्रह गरिएको इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवासले जानकारी दिए। अभियानमा अटेरी गर्ने मास्क नलगाई हिडडुल गर्ने भिडभाड हुने क्षेत्रमा पुगेर मास्क लगाउन आग्रह गरेको र मास्क नलगाउनेलाई चेतावनी स्वरुप एक सय रुपैया जरीवाना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस