टीकाकै दिन तुलसीपुरमा रेडियोकर्मीको मृत्यु
दाङ, १ मंसिर– तिहारको टिका लगाएर दाइस“ग मोटरसाइकलमा काममा फर्कदै गरेकी एक सञ्चारकर्मीको सोमबार तुलसीपुरमा गाडीको ठक्करबाट मृत्यु भएको छ ।
लु अ क ३९४६ नम्बरको स्र्कापियो गाडीले रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीकी २२ बर्षीया मनिषा लामिछानेको मृत्यु भएको हो । उनी तुलसीपुरस्थित रेडियो हाम्रो पहुँचमा प्राविधिक सहायकका रुपमा कार्यरत थिइन् ।
तिहारको टिका लगाएर दाइसँग रेडियोमा फर्कने क्रममा तुलसीपुरको गुल्म चोकमा गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते लामिछानेको उपचारका क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको हो ।
दुर्घटनामा उनका दाजु २४ बर्षीय बिराज लामिछाने पनि घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस