१९५४ जनामा कोरोना, ११ संक्रमितको मृत्यु

खबरशाला संवाददाता  |  कार्तिक १२, २०७७  |  ३५६ पटक पढिएको


तुलसीपुर । गत २४ घण्टामा नेपालमा १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार २ सय ४८ को पीसीआर गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । योसहित १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ । 

त्यस्तै, बुधबार २ हजार ९ सय ८१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ ।

त्यस्तै, आज ११ संक्रमितको मृत्यु भएको छ । योसहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस