जथाभावी सामग्री शेयर गर्दा फेसबुकमा अकाउन्ट नै ब्लक हुनसक्छ

खबरशाला संवाददाता  |  कार्तिक ०८, २०७७

काठमाडौं । अहिले सामाजिक सञ्जालको समय हो । मानिसहरु फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्दछन् । विश्वभरका आधाभन्दा धेरैले मानिसले फेसबुकको प्रयोग गरिररहेका छन् । यस्तोमा मानिसहरु दैनिक जसो आफ्ना व्यक्तिगत विषय वा कुनैपनि अन्य प्रकारका सामग्रीहरु शेयर गरिरहेका हुन्छन् ।

तर सामाजिक सञ्जालमा कुनै पोस्ट राख्नु वा शेयर गर्नुअघि तपाईंले यो कुरा जान्न जरुरी छ कि यदि तपाईंले सोचविचार नगरेरै कुनै सामग्री शेयर गर्नुभयो भने तपाईंको अकाउन्ट ब्लक हुन सक्छ वा तपाईं जेल जानुपर्ने अवस्था समेत आइलाग्न सक्छ ।

पक्कै पनि कतिपय समय फेसबुक जस्ता सामाजिक सञ्जालमा मानिसहरु अभिव्यक्ति स्वतन्त्रताको नाममा जुनसुकै प्रकारका सामग्री शेयर गरिदिन्छन् । तर फेसबुकले यस्ता प्रयोगकर्ताको पोस्ट डिलिट गरेर उनीहरुको अकाउन्ट बन्द गरिदिन सक्छ ।

आज हामी तपाईंलाई कस्तो खाले सामग्री फेसबुकमा प्रतिबन्धित छ भन्ने कुराको जानकारी दिँदै छौं । ताकि तपाईं भुलवस पनि यस्ता सामग्री पोस्ट वा शेयर गर्नबाट जोगिन सक्नुहोस् । 

हिंसा फैलाउने वा धम्की दिने

यदि तपाईं फेसबुकमा कुनै प्रकारको हिंसा भड्काउने पोस्ट, विषयवस्तु वा अभिव्यक्ति शेयर गर्नुहुन्छ, त्यस्तो अवस्थामा तपाईंको फेसबुक तुरुन्तै ब्लक हुन सक्छ । तपाईं कुनै व्यक्ति, समूह वा स्थानमा हिंसालाई प्रोत्साहन गर्ने किसिमका सामग्री फेसबुकमा राख्न पाउनुहुन्न ।

यसबाहेक तपाईं फेसबुकमा कुनै व्यक्तिलाई धम्की दिन पनि पाउनुहुन्न । साथै तपाईं पैसा माग्ने वा हतियार खरिद बिक्रीसँग जोडिएको पोस्ट समेत शेयर गर्न सक्नुहुन्न । यदि त्यसो गर्नुभयो भने तपाईंको फेसबुक अकाउन्ट बन्द गरिनेछ । 

आतंकवादी गतिविधि

घृणा फैलाउने, हिंसा फैलाउने, कसैको हत्या, मानव तस्करी, अपराधिक गतिविधि जस्ता कुनै प्रकारको आतंकवादी गतिविधिसँग जोडिएका सामग्रीयुक्त पोस्ट तपाईं फेसबुकमा शेयर गर्न पाउनुहुन्न ।

यदि तपाईंले यस्ता कुनै पोस्ट गर्नुभयो भने तपाईंको अकाउन्ट ब्लक हुन सक्छ । कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय संगठनलाई धम्की दिने वा हिंसात्मक गतिविधिमा शामिल हुँदा समेत फेसबुक यी सबै चिजलाई ब्लक गरिदिन सक्छ । यस्तो अवस्थामा तपाईंको अकाउन्ट पनि ब्लक गरिन्छ । 

प्रतिबन्धित चिजको खरिद बिक्री

तपाईं सामाजिक सञ्जालमा कुनै प्रकारको प्रतिबन्ध लागेको औषधी, ड्रग वा गोला बारुद तथा हात हतियारसँग सम्बन्धित खरिद बिक्रीका पोस्टहरु शेयर गर्न सक्नुहुन्न । यदि तपाईं यस्ता सामग्री शेयर गर्नुहुन्छ भने तपाईंको अकाउन्ट तुरुन्तै बन्द हुनेछ । 

बिना अर्थ कसैलाई पोक गर्नु

तपाईं सामाजिक सञ्जाल फेसबुकमा बिना अर्थ कसैलाई पोक गर्नुहुन्छ । वा भनौं बिनाकारण तपाईं कसैलाई हैरानी दिनुहुन्छ भने ख्याल राख्नुहोस्, यसो गर्दा समेत तपाईंको ट्र्याक रेकर्ड खराब हुँदै जान्छ र तपाईंको अकाउन्ट बन्द हुन सक्छ । 

प्रतिक्रिया दिनुहोस