एकाबिहानै कोरोना संक्रमणबाट बुटबलमा २ को मृत्य्
तुलसीपुर। कोरोना संक्रमणबाट बुटवलमा थप २ जनाको मृत्यु भएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचारत दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमति बुटवल उपमहानगरपालिका ११ का ४७ वर्षीय पुरुषको आज बिहान १ बजेर १० मिनेट जाँदा र बुटवल उपमहानगरपालिका १७ मोतिपुरका ८१ वर्र्षीय पुरुषको बिहान ५ बजे कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।
बुटवल ११ का पुरुष २४ असोजमा अस्पतालमा भर्ना भएका थिए भने बुटवल १७ मोतिपुरका पुरुष २७ असोजमा अस्पतालमा भर्ना भएका थिए ।
उनीहरुको आईसीयूमा उपचारको क्रममा मृत्यु भएको डा.गौतमले बताए । उनीहरुमा निमोनियको समस्या रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस