तुलसीपुरको प्रशासकीय भवनको शिलन्यास

खबरशाला संवाददाता  |  कार्तिक ०३, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको प्रशासकीय भवनको शिलन्यास गरिएको छ । स्थानीय सरकारका रुपमा परिवर्तन भएपनि पुरानै भवनबाट सबै सेवा दिदै आएको भवनको नगरप्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया शर्माले संयुक्त रुपमा शिलन्यास गरेका हुन् ।

भवनको शिलन्यास गर्दै नगरप्रमुख पाण्डेले नयाँ भवन निर्माणसँगै जनताले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गरे । ‘हिजोको स्थानीय तह हुँदाको संरचनामा अहिले सेवा दिदा निकै जटिल भएको थियो भवन वनेपछि सेवा थप प्रभावकारी हुनेछ’ उनले भने । उपमहानगरपालिकाभित्र कोठा सिमित हुँदा विभिन्न कार्यालयहरु फरक फरक ठाउँमा राख्नुपरेको उनले जानकारी दिए ।


सेवा प्रवाहलाई संरचनाले प्रभाव पार्ने वताउँदे प्रशासकीय भवन निर्माणसँग विभिन्न कार्यालयहरु नगरपालिकाको प्राङ्गणमा सारिने पनि उनले वताए । ‘जनताले एकै ठाउँबाट सबैखाले सेवा पाउने गरी तयारी गरिएको छ ’ उनले भने । उपप्रमुख माया शर्माले उपमहानगरपालिको सेवा विस्तारसँगै भवन पनि विस्तारित गरिएको कुरामा जोड दिइन् ।


२ वर्षमा भवन निर्माण गरिसक्ने गरी तुलसीपुरको सिएम, प्रेमधन र स्लेट जेभिले ठेक्का पाएका थिए । जेठबाट निर्माण सुरु हुने भनिएको भवन लकडाउनका कारण असोजबाट सुरु भएपनि निर्धारित समयमै निर्माण सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । भवनको लागत ३ करोड ९० लाख रहेको छ । पाँच तलाको भवनमा अन्डरग्राउण्ड पार्किङ्ग समेत रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस