दाङमा ४५ जना व्यक्तिमा कोरोना पुष्टि,काेरोनाका कारण करिब १ दर्जन कार्यालय बन्द

खबरशाला संवाददाता  |  असोज २, २०७७

दाङमा विहिवार थप ४५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा घोराही उपमहानगरपालिमा १६ जना, तुलसीपुरमा २२ जना, लमहीमा ४ जना, शान्तिनगरमा १ जना, दंगिशरणमा १ जना र गढवामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा संक्रमित व्यक्तिहरुको उमेर समुह १६ देखि ७७ वर्षसम्म रहेको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिएका हुन् । तुलसीपुरमा कर्मचारी सहित २२ जनामा कोरोना पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिएका हुन् ।

जसमा ४ महिला र १८ जना पुरुष रहेका छन । यससंगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ६ सय ६८ पुगेको छ । जसमध्ये २ सय २६ जना कोरोना मुक्त भएका छन । अब संक्रिय संक्रमितको संख्या तुलसीपुरमा मात्र १ सय ४२ जना रहेको कोरोना फोकल पर्सन केसीले जानकारी दिए ।

यसैगरी जिल्लामा हालसम्म कुल संक्रमतिको संख्या १ हजार ६ सय ४७ पुगेको छ । हिजो ४ जना डिस्चार्ज भएसँगै १ हजार १ सय ५४ जना उपचारपछि निको भई घर फर्किएको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन चन्दले जानकारी दिएका हुन् ।।

दाङमा करिब १ दर्जन कार्यालय बन्द

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दाङमा करिब एक दर्जन कार्यालय बन्द भएका छन् । संक्रमण रोकथामका लागि भन्दै ति कार्यालय बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, यातायात व्यवस्था कार्यालय तुलसीपुर, नापी कार्यालय तुलसीपुर, तुलसीपुर उपमहानगरपालिकाको कार्यालय, बबई गाउँपालिका र मातहतका कार्यालय, तुलसीपुर खानेपानीको कार्यालय, तुलसीपुर १ र १७ को वडा कार्यालय, घोराही १३ को वडा कार्यालय बन्द भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, तुलसीपुर उपमहानगरपालिकाको कार्यालय आजसम्म, जिल्ला समन्वय समितिको कार्यालय कात्तिक ५ गतेसम्म, नापी कार्यालय तुलसीपुर, तुलसीपुर खानेपानी संस्थाको कार्यालय कात्तिक ४ गतेसम्म बन्द गरिएको छ ।।

प्रतिक्रिया दिनुहोस