चाडपर्व लक्षित बजार अनुगमन अधिकांश पसलमा म्याद गुज्रिएका अखाद्य बस्तु फेला

चन्द्रप्रकाश नेपाली  |  असोज २८, २०७७


चन्द्रप्रकाश नेपाली

घोराही बजार अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रिएका उपभोग्य बस्तुहरु फेला परेका छन् । खाद्य प्रविधि तथा गुुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको टोलीले नमुनाका रुपमा घोराहीका बिभिन्न ५ वटा पसलहरु अनुगमन गरेको छ । अनुगमन गर्दा अधिकांश पसलमा म्याद गुज्रिएका अखाद्य बस्तुहरु फेला परेका छन् । व्यवसाय दर्ता, नवीकरण, सरसफाई, नापतौलको ढक तराजु, म्याद गुज्रिएको खाद्य वस्तुको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा म्याद गुज्रिएका बस्तुहरु राख्नुुका साथै मुल्यसुची नराख्ने, नविकरण नगर्ने जस्तो प्रवृती ब्यवसायीमा देखिएको कार्यालयका प्रमुख बिबेक बन्जाराले जानकारी दिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, प्रहरी र घाराही उपमहानगरपालिकाका एक एक जना प्रतिनिधिको सहभागितामा बजार अनुगमन गरिएको हो । चाडपर्व लक्षित संयुक्त बजार अनुगमन बुधबार घोराहीबाट सुरु गरिएको हो । घोराही बजारका आरबि सस्तो किराना पसल, खड्का लिक्वयर्स र पुजा सप्लायर्समा म्याद गुज्रिएका बस्तुहरु फेला परेका छन् । आर बि सस्तो किराना पसलमा म्याद गुज्रिएको क्याटबरी २९ वटा भेटिएको हो । यस्तै पसललाई यस्ता म्याद गुज्रिएका अखाद्य बस्तुको बिक्रि वितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड नगर्न चेतावनी दिएको छ ।

यस्तै खड्का लिक्वयर्सको पनि अनुगमन गरिएको छ । खड्का लिक्वयर्समा तरल पिए पदार्थको अनुगमन गर्दा २ सय ५० एमएलको २५ थान स्प्राईट म्याद गुज्रिएको फेला परेको हो । यस्तै पुजा सप्लायर्समा २ थान म्याद गुज्रिएको कुकिज फेला परेको खाद्य प्रविधि तथा गुुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख विवेक बन्जाराले जानकारी दिए । यस्तै ब्यवसायीहरुले मुल्य सुची टास्ने नगरेको पनि पाईएको छ । अनुगमनका क्रममा ब्यवसायीहरुलाई मुल्य सुची देखिने गरी टास्न, खाद्य बस्तु अलग अलग राख्न, ब्यवसाय नविकरण गर्न समेत चेतावनी दिएइएको छ ।

बजार अनुगमन नियमित र प्रभावकारी हुन नसकेको जन गुनासो बढिरहेको समयमा अनुगमन गर्ने कामलाई निरन्तरता दिन थालिएको छ । खाद्य प्रविधि तथा गुुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख बन्जाराले अव तिव्र रुपमा अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाउने तयारी भएको बताएका छन् । प्रमुख बनजाराले भने, – हाम्रो काम नै बजार अनुगमन गर्नु हो, हामीले नियमित रुपमा अनुगमनकै काम गर्दै आएका छौँ । हामीले ५० वटा बिभिन्न उद्योग तथा पसलहरुबाट खाद्य बस्तु संकलन गरी नमुना परिक्षणका लागी पठाएकोमा १० वटा नमुनाको नजिता प्रतिवेदन प्राप्त भएको छ । हामीलाई प्राप्त भएका १ वटै नतिजा प्रतिवेदन सरकारकै मापदण्ड अनुसार रहेका छन्, उनले भने ।

यसरी अनुगमन गरेपश्चत सबै मापदण्ड अनुसार तयार भएको पाईएमा ब्यवसायीलाई अनुज्ञा पत्र प्रदान गरी अनुमती प्रदान गरिन्छ । आफुहरुले दैनिकरुपममा अनुगमनकै काम गरे पनि यसरी संयुक्त रुपमा अनुगमन भने उपभोक्तबाट उजुरी आयो भने वा चाडवर्प लक्षित रुपमा गर्दै आएको उनको भनाई छ ।।

प्रतिक्रिया दिनुहोस