सामूहिक करणी अभियोगमा दुई किशोर पक्राउ

खबरशाला संवाददाता  |  असोज २८, २०७७

दाङ – तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ रानीजरुवा निवासी १७ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा दूईजना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

तुलसीपुर–५ का १८ वर्षीय विष्णु बुढाथोकी र तुलसीपुर–७ निवासी १८ वर्षका करण सार्की रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

मंगलबार राति तुलसीपुर क्षेत्रवाटै पक्राउ परेका उनीहरुमाथि आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको डिएसपी सिंहले जानकारी दिए ।

पीडित किशोरीका अनुसार असाेज २२ गते राति ती दूईले रानी जरुवा क्षेत्रकै रित्तो घरमा लगेर उनीमाथि सामूहिक बलात्कार गरेका थिए ।

अभियोग लाग्ना साथ उनीहरु फरार भएका थिए । पीडितको जाहेरीका आधारमा प्रहरीले ती दुवै किशोरलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस