शिक्षामन्त्री पोखरेललाई कोरोना पुष्टि

खबरशाला संवाददाता  |  असोज २५, २०७७

तुलसीपुर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री पोखरेललाई आइतबार संक्रमण पुष्टि भएको हो।

मन्त्री पोखेरललाई संक्रमण देखिएको उनका स्वकीय सचिव शंकर महतोले पुष्टि गरेका छन्। संक्रमण पुष्टि भएपछि मन्त्री पोखरेल पाटन अस्पतालको आइसोलेसनमा भर्ना भएको महतोले जनाएका छन्।

शनिबार सामान्य ज्वारो देखिएपछि पोखरेलले स्वाब परीक्षण गराएका थिए। ‘ज्वरो देखिएपछि उहाँले शनिबार साँझ पीसीआर परीक्षण गराउन स्वाब दिनुभएको थियो,’ महतोले भने,‘आज रिपोर्ट पोजिटिभ आएको छ।’

शनिबार ज्वरो देखिएपनि आज उनको स्वास्थ्य सामान्य रहेको स्वकीय सचिव महतोले बताएका छन्।

यसअघि नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईलाई शनिबार संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस